डोनाल्ड ट्रम्पले महान्यायाधिवक्ता छानेका गेट्जले लिए नाम फिर्ता
एजेन्सी । अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले महान्यायाधिवक्ता छानेका म्याट गेट्जले आफ्नो नाम फिर्ता लिएका छन् । ट्रम्पले महान्यायाधिवक्ता छनोट गर्नासाथ कंग्रेसबाट राजीनामा दिएका गेट्जले महान्यायाधिवक्ताको प्रस्ताव समेत त्यागेका हुन् ।
गेट्जले महान्यायाधिवक्ताको प्रस्ताव लत्याएसँगै सभामुख माइक जोनसनले उनको प्रसंशा गरेका छन् । उनले महान्यायाधिवक्ताबाट नाम फिर्ताको घोषणालगत्तै गेट्जको भविष्य उज्ज्वल रहेको बताएका छन् ।
जोनसनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘म्याटसँग मैले ८ वर्ष नजिकबाट काम गरेको छुँ । उहाँ अमेरिकाको अग्रपंक्तिको लडाकु हुनुहुन्छ । न्याय विभागको बेथिति सुधारमा गम्भीर कदम आवश्यक छ ।’
रिपब्लिकन प्यानलिष्टहरुले बुधबार गेट्जविरुद्धको छानविन प्रतिवेदन सार्वजनिक नगर्न मतदान गरेपछि डेमोक्र्याटहरुले रिपोर्ट बाहिर ल्याउन दबाब दिइरहेका छन् ।
छानविन समितिले गेट्जमाथि यौन दुर्व्यवहार र अन्य अपराधको अनुसन्धान गरेको जिकिर गरेको छ भने त्यसका केही साक्षीहरुसँग पनि समितिले बयान लिएको थियो । यसमा कसैले विश्वासका साथ लिड गर्ने हो भने खतरनाक जानकारीहरु बाहिर आउने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले विधानमा युवालाई विशेष प्राथमिकतामा राखेको छ: महामन्त्री पौडेल
-
फिफाद्वारा फोलारिन बालोगनको प्रतिबन्ध निलम्बित, बेल्जियमविरुद्धको खेल खेल्न पाउने
-
दिलजीत दोसांझको फिल्म ‘सतलुज’ रिलिज भएको ४८ घण्टामै भारतमा ओटिटी प्लेटफर्मबाट हटाइयो
-
धार्मिक पर्यटन विकासका लागि ‘देवभूमि सर्किट’ : मन्त्री पौडेल
-
महिला टी–ट्वान्टी विश्वकप फाइनल: इंग्ल्यान्डले अस्ट्रेलियालाई दियो १५१ रनको लक्ष्य
-
उत्तर कोरियाद्वारा नयाँ हतियार ‘काङ कोन’ परीक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण