सुदूरपश्चिम रोयल्सको आइकोनिक खेलाडीमा वसन्त खत्री
काठमाडौँ । निकट भविष्यमा आयोजना हुन लागेको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी टोलीमध्येको एक सुदूरपश्चिम रोयल्सले ट्यालेन्ट हन्टबाट आइकोनिक खेलाडीका रुपमा अलराउन्डर वसन्त खत्रीलाई छनोट गरेको छ ।
धनगढी क्रिकेट एकेडेमीको मैदानमा भएको ट्यालेन्ट हन्टबाट वसन्तलाई आइकोनिक खेलाडीको रुपमा टोलीमा समावेश गरिएको क्लबले जनाएको छ । उनी अब एनपीएल खेल्ने सुदूरपश्चिम रोयल्सको टोलीमा सहभागी हुनेछन् ।
यसका अतिरिक्त सुदूरपश्चि रोयल्सले ट्यालेन्ट हन्टबाट उत्कृष्ट प्रतिभा छनोट गर्दै सात खेलाडीलाई ‘सुदूरपश्चिम रोयल्स हिरोज’ को पहिचानका साथ टोलीमा राख्नेछ । आयुब चन्द, अभिषेक पाल, वसन्तसिंह कार्की, भूपेश जोशी, धर्मराज जोशी, सुसिल रावल र टेक रावतले एनपीएल अवधिभर टोलीसँग प्रशिक्षण गर्ने अवसर पाउनेछन् ।
सुदूरुपश्चिम रोयल्सले पछिल्लो केही दिनयता धनगढीमा रहेर प्रशिक्षण गरिरहेको छ । टोली अब एनपीएल खेल्न काठमाडौं प्रस्थान गर्नेछ । सुदूरपश्चिम रोयल्सको मार्की खेलाडी दिपेन्द्रसिंह ऐरी हुन् । मेन्टरमा अस्ट्रेलियाका ब्राड हज र मुख्य प्रशिक्षकमा जगत टमाटा रहेका छन् ।
सुदूरपश्चिम रोयल्सले आफ्नो कोटाका चारजना विदेशी खेलाडीलाई पनि अनुबन्ध गरिसकेको छ । क्लबले ब्रान्डन म्याकमलेन (स्कटल्यान्ड), सेफ अलि जेब (इङ्ल्यान्ड), स्कट कुगेलेइन (न्युजिल्यान्ड) र रोहन मुस्तफा (यूएई) लाई टिममा समावेश गरेको हो ।
यसैगरी, टोलीका अन्य खेलाडीमा आरिफ शेख, अभिनास बोहोरा, विनोद भण्डारी, अर्जुन कुमाल, खडक बोहोरा, ईशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद र अमित श्रेष्ठ रहेका छन् । अर्जुन र नरेन भने हाल यू–१९ टोलीमा व्यस्त छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण