कम्बोडियामा हुने आईक्याप सभामा गएनन् माओवादीका प्रतिनिधिहरू
काठमाडौँ । एसियाली राजनीति पार्टीहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आईक्याप) को १२ औँ साधारणसभामा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी सहभागी नहुने भएको छ । कम्बोडियाको राजधानी नोम पेन्हमा नोभेम्बर २१ देखि २३ सम्म हुने सभामा भाग लिने पूर्वनिधारित कार्यक्रम रद्द गरिएको माओवादीका वैकल्पिक केन्द्रीय सदस्य गोकर्ण भट्टले जानकारी दिए ।
कम्बोडियन पिपल्स पार्टी (सीपीपी) ले सभामा सहभागी हुन माओवादीसहित ८ राजनीतिक दललाई निमन्त्रणा गरिएको थियो । आइक्यापको सभामा माओवादीका तर्फबाट उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटा र भट्टसमेत सहभागी हुने भनिएको थियो ।
कम्बोडिया भ्रमणमा जानका लागि माओवादीले एक महिनाअघि नै स्वीकृति दिएको थियो । तर प्रवक्ता अग्नि सापकोटा आफै बागमती प्रदेशको इन्चार्ज भएको र स्थानीय तह उपनिर्वाचनको मिति नजिकिएकाले भ्रमणमा नजाने निर्णय भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण