समीर भट्टको फिल्म ‘बलिदान’को रिलिज कहिले ?
काठमाडौँ । फिल्म ‘१२ गाउँ’बाट डेब्यु गरेका अभिनेता समीर भट्ट अब ‘बलिदान’मा देखिँदैछन् । फिल्मको दोस्रो सेड्युलको छायाङ्कन शुक्रबारदेखि मोरङको कानेपोखरीबाट सुरु भएको छ ।
फिल्मको अब तीव्र गतिमा फिल्मको छायाङ्कन हुने निर्देशक सन्तोष सेनले बताए ।
अन्तिम चरणको छायाङ्कन अवधि ४५ दिनको रहनेछ । छायाङ्कनका लागि कलाकारहरू समीरसहित सौगात मल्ल, अर्पण थापा, दिव्यदेव र ऋचा शर्मा मोरङ पुगिसकेका छन् । ५ करोडमाथिको बजेटमा फिल्म निर्माण हुन लागेको हो ।
समीरको अभिनय भएको कारण पनि ‘बलिदान’ कहिले रिलिज हुन्छ भन्ने चासो धेरैमा छ । निर्देशक सेनले फिल्मको प्रदर्शन मिति तय भइसकेको जनाएका छन् ।
‘छायाङ्कन सकिएको भोलिपल्ट टिजरसहित फिल्मको प्रदर्शन मिति घोषणा गर्नेछौँ’, उनले भने ‘रिलिज मिति तय भइसकेको छ ।’
फिल्मलाई आगामी नयाँ वर्षमा रिलिजको तयारी गरिएको बताइन्छ । एक्सन प्रधान ‘बलिदान’मा दक्षिण भारतका एक्सन निर्देशक स्टन्डर सामको नेतृत्वमा करिब ३० जनाको टोलीले अत्याधुनिक प्रविधिको प्रयोग गर्दै एक्सन दृश्य तयार गरिरहेको छ । नेपालको भूमिमा भइरहेको शोषण र अन्यायविरुद्धको संघर्षको कथा फिल्मले बोल्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण