आईपीटीपीमा सहभागी हुन सभामुख कम्बोडिया प्रस्थान
काठमाडौँ । सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद (आईपीटीपी) को एघारौं पूर्ण सत्रमा सहभागी हुन ५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे कम्बोडिया प्रस्थान गरेका छन् ।
मंसिर ८ देखि ११ गतेसम्म कम्बोडियाको राजधानी नोम पेन्हमा आयोजना हुने कार्यक्रममा सहभागी हुन नेपाली प्रतिनिधिमण्डल शुक्रबार राति पौने १० बजे थाइ एयरवेजको उडानबाट त्यसतर्फ प्रस्थान गरेको हो । प्रतिनिधिमण्डलमा प्रतिनिधि सभा सदस्य ईश्वर बहादुर रिजाल, सभामुखका प्रमुख स्वकीय सचिव तेज प्रकाश भट्टराई र संघीय संसद सचिवालयका उपसचिव गोपाल सिग्देल रहेका छन् । कम्बोडियामामा नै रहेका प्रतिनिधिसभा सदस्य एकनाथ ढकाल पनि बैठकमा सहभागी हुने कार्यक्रम छ ।
११ औं बैठक ‘शान्ति, मेलमिलाप र सहिष्णुताको खोज’ भन्ने मूल विषयसँगै शान्ति निर्माण, मेलमिलाप र सहिष्णुताको संरचना निर्माणमा सरकार, संसद र नागरिक समाजबीचको समन्वय एवं सह–अस्तित्व र समावेशी सम्बन्धको लागि बहुपक्षीयता र साझेदारीलाई सुदृढ बनाउने विषयमा छलफल हुनेछ ।
सभामुख घिमिरेले बैठकमा नेपालको संसदको तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ । उनले नेपालले शान्ति प्रक्रियामा गरेको प्रगति अन्तर्राष्ट्रिय समुदायका लागि उदाहरणीय हुने विश्वास व्यक्त गरे ।
भ्रमणको अवसरमा सम्माननीय सभामुखले कम्बोडिया, संयुक्त अरब इमिरेट्स, मलेसिया, भियतनाम र लाओसका प्रतिनिधिमण्डलसँग भेटवार्ता गर्ने कार्यक्रम समेत रहेको छ । कार्यक्रममा सहभागी भई प्रतिनिधिमण्डल मंसिर ११ गते मंगलबार नेपाल आइपुग्ने कार्यक्रम रहेको छ ।
आईपीटीपीको बैठकमा जानुअघि सभामुख घिमिरेले शुक्रबार बिहान राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण