विधानसभा निर्वाचन : महाराष्ट्रमा भाजपाले खाता खोल्यो
महाराष्ट्र । महाराष्ट्र विधान सभा चुनावमा भारतीय जनता पार्टीले खाता खोलेको छ। शनिबार भएको मतगणनामा महाराष्ट्रको वडाला विधानसभा सिटमा भाजपाका कालीदास निलकण्ठ कोलम्बकर विजयी भएका हुन् । कोलम्बकर २४ हजार ९७३ मतान्तरले विजयी भएका भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् । उनले ६६ हजार ८०० मत ल्याएका छन् भने उद्धव ठाकरे नेतृत्वको शिव सेनाकी श्रद्धा श्रीधरले ४१ हजार ८२४ मत ल्याएकी छन् ।
प्रारम्भिक मतगणना अनुसार महाराष्ट्रमा मुख्य चुनावी प्रतिस्पर्धा सत्तारुढ महायुति र विपक्षी महाविकास अघाडीबिच भैरहेको छ । महायुतिमा भाजपा, एकनाथ शिन्देको शिवसेना र अजित पवार नेतृत्वको राष्ट्रवादी काङ्ग्रेस पार्टी (एनसीपी) छन् ।
महाविकास अघाडी (एमभिए) मा उद्धव ठाकरे नेतृत्वको शिवसेना (यूबीटी), शरदचन्द्र पवार नेतृत्वको राष्ट्रवादी काङ्ग्रेस पार्टी (एनसिपी) र भारतीय काङ्ग्रेस पार्टी समावेश छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण