विधानसभा निर्वाचन : महाराष्ट्रमा भाजपाले खाता खोल्यो

महाराष्ट्र । महाराष्ट्र विधान सभा चुनावमा भारतीय जनता पार्टीले खाता खोलेको छ। शनिबार भएको मतगणनामा महाराष्ट्रको वडाला विधानसभा सिटमा भाजपाका कालीदास निलकण्ठ कोलम्बकर विजयी भएका हुन् । कोलम्बकर २४ हजार ९७३ मतान्तरले विजयी भएका भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् । उनले ६६ हजार ८०० मत ल्याएका छन् भने उद्धव ठाकरे नेतृत्वको शिव सेनाकी श्रद्धा श्रीधरले ४१ हजार ८२४ मत ल्याएकी छन् ।
प्रारम्भिक मतगणना अनुसार महाराष्ट्रमा मुख्य चुनावी प्रतिस्पर्धा सत्तारुढ महायुति र विपक्षी महाविकास अघाडीबिच भैरहेको छ । महायुतिमा भाजपा, एकनाथ शिन्देको शिवसेना र अजित पवार नेतृत्वको राष्ट्रवादी काङ्ग्रेस पार्टी (एनसीपी) छन् ।
महाविकास अघाडी (एमभिए) मा उद्धव ठाकरे नेतृत्वको शिवसेना (यूबीटी), शरदचन्द्र पवार नेतृत्वको राष्ट्रवादी काङ्ग्रेस पार्टी (एनसिपी) र भारतीय काङ्ग्रेस पार्टी समावेश छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यरातमा भारतद्वारा पाकिस्तानमा 'एयर स्ट्राइक', ९ स्थानलाई लक्षित
-
पाल्पामा बालीनालीमा छरेको विषादीले मौरी सखाप
-
मुख्यमन्त्री कँडेलद्वारा दश जिल्लाका सीडीओसँग संवाद
-
बाँकेमा थप ९३६ लाई जग्गाधनी प्रमाणपत्र वितरण गरिँँदै
-
डिजिटल प्रविधिमा आधारित रही सेवा प्रवाह गर्न श्रममन्त्रीको निर्देशन
-
रातोपाटी ब्रिफिङ : प्रदीप नेपालको अन्तिम बिदाइदेखि संसद्को बहससम्म