ललितपुर जिल्लाभित्र बसोबास गर्ने माओवादी नेताहरुसँग छलफल
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को ललितपुर जिल्ला कमिटीसँग ललितपुर जिल्लाभित्र स्थायी अस्थायी रूपमा बसोबास गर्ने केन्द्रीय नेताहरूसँग परिचयात्मक छलफल कार्यक्रम सम्पन्न भएको छ ।
ललितपुरको सातदोबाटोमा आयोजित उक्त कार्यक्रममा ललितपुरमा स्थायी तथा अस्थायी बसोबास गर्ने नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङ, स्थायी समिति सदस्य जयपुरी घर्ती, बागमती प्रदेश अध्यक्ष सरल सहयात्रीसहित ५० भन्दा बढी पार्टी केन्द्रीय सदस्य तथा सांसदहरूको उपस्थिति रहेको थियो ।
पार्टी नेताहरूले ललितपुरमा बसोबास गर्ने सबै केन्द्रीय नेतृत्वहरूले पार्टी निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका थिए । कार्यक्रममा ललितपुरको साङ्गठनिक अवस्था लगायत पार्टीले आगामी दिनमा लिनुपर्ने कार्यभारका विषयमा मार्क्सवादी ज्ञान केन्द्रका वरिष्ठ उपाध्यक्ष इन्द्रराज भट्टराईले प्रस्तुतीकरण गरेका थिए ।
ललितपुर जिल्ला इन्चार्ज हरि दाहालद्वारा स्वागत मन्तव्य राखिएको आजको यस कार्यक्रमको अध्यक्षता ललितपुर जिल्ला संयोजक शिव कट्टेलले गरेका थिए भने कार्यक्रम सञ्चालन ललितपुर जिल्ला सचिव दीपक पुलामीले गरेका थिए। ललितपुरको जिल्ला र स्थानीय पार्टी कमिटीहरू ललितपुरमा बसोबास गर्ने केन्द्रीय नेतृत्वहरूको सल्लाह र सुझावमा पार्टी अभियान चलाउन आतुर रहेको भन्दै उपस्थित सबैलाई धन्यवाद व्यक्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण