भन्सार दर घटाउने निर्णय
सुन र चाँदी सस्तिने भो
सरकारले घटायो भन्सार दर
आइतबार, ०९ मङ्सिर २०८१, १९ : ३६

काठमाडौँ । सुन र चाँदीमा लाग्दै आएको भन्सार दर घटेको छ । मन्त्रिपरिषद्को मंसिर ६ गते बसेको बैठकको निर्णय अनुसार सुन र चाँदीको भन्सार दर १० प्रतिशत कायम भएको अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले जानकारी दिए ।
यसअघि सुनको भन्सार दर २० प्रतिशत र चाँदीको १५ प्रतिशत कायम थियो । यसअघि १० प्रतिशत नै रहेको सुनको भन्सार दर अर्थमन्त्री वर्षमान पुनले बजेटमार्फत बढाएका थिए ।
गत बजेटमा भारतले सुनको भन्सार दर घटाएसँगै नेपालमा पनि घटाउन दबाब बढ्दै आएको थियो । भन्सार दर नघटाउँदा नेपालमा सुनचाँदी भारतबाट तस्करी समेत हुँदै आएको पाइएको थियो ।
मन्त्रिपरिषद्बाट प्रमाणित भएर आएको निर्णय भन्सार विभागलाई पठाइएको छ, अब भोलिदेखि आयात हुने सुनमा भन्सार घट्नेछ । भन्सार दर घटेसँगै अब सुन र चाँदीको मूल्य समेत घट्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीमा चरम निराशा : ७५ प्रतिशत जनतालाई अहिलेको गठबन्धनप्रति भरोसा छैन
-
निजामती सेवा विधेयकबारे मधेसी अधिकृत समाजद्वारा मन्त्री गुप्ताको ध्यानाकर्षण
-
अग्नि सापकोटालाई प्रश्न– दुई बुँदे सहमति माओवादीलाई ‘ब्याक फायर’ भएको हो ?
-
राज्यले अन्याय गरेपनि अदालतले न्याय दियो : रवीन्द्र मिश्र
-
विपन्न नागरिकका लागि बर्दघाटमा कपडा बैङ्क स्थापना
-
रवीन्द्र मिश्र रिहा, तस्बिरमा हेर्नुहोस्