भन्सार दर घटाउने निर्णय
सुन र चाँदी सस्तिने भो
सरकारले घटायो भन्सार दर
आइतबार, ०९ मङ्सिर २०८१, १९ : ३६
काठमाडौँ । सुन र चाँदीमा लाग्दै आएको भन्सार दर घटेको छ । मन्त्रिपरिषद्को मंसिर ६ गते बसेको बैठकको निर्णय अनुसार सुन र चाँदीको भन्सार दर १० प्रतिशत कायम भएको अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले जानकारी दिए ।
यसअघि सुनको भन्सार दर २० प्रतिशत र चाँदीको १५ प्रतिशत कायम थियो । यसअघि १० प्रतिशत नै रहेको सुनको भन्सार दर अर्थमन्त्री वर्षमान पुनले बजेटमार्फत बढाएका थिए ।
गत बजेटमा भारतले सुनको भन्सार दर घटाएसँगै नेपालमा पनि घटाउन दबाब बढ्दै आएको थियो । भन्सार दर नघटाउँदा नेपालमा सुनचाँदी भारतबाट तस्करी समेत हुँदै आएको पाइएको थियो ।
मन्त्रिपरिषद्बाट प्रमाणित भएर आएको निर्णय भन्सार विभागलाई पठाइएको छ, अब भोलिदेखि आयात हुने सुनमा भन्सार घट्नेछ । भन्सार दर घटेसँगै अब सुन र चाँदीको मूल्य समेत घट्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मे महिनायता पहिलोपटक तेलको मूल्य प्रतिब्यारल १०० डलर पुग्यो
-
वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
-
सीजेपी र भारत सरकारबिच वार्ताको स्थानलाई लिएर विवाद, संस्थापक दीपके बिरामी
-
सिरहा घटना : गोली प्रहार गरेर पक्राउ गरिएका आरोपीहरूबाट २४३ ग्राम खैरो हेरोइन बरामद
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण