सरकार बनेको चार महिनामै बेलायतमा उठिरहेको छ चुनावको माग
लन्डन । अमेरिकामा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतीय निर्वाचनमा जित हासिल गरेपछि विश्वभर उथलपुथल चलिरहेको छ । जर्मनीमा सरकार ढलेपछि अब बेलायतमा पनि सरकारमाथि खतरा उत्पन्न भइरहेको छ ।
एउटा अनलाइन याचिकामा मानिसहरूले पुनः निर्वाचनको माग गरेका छन् । अचम्मको कुरा के छ भने १७ लाख मानिसले यो याचिकालाई समर्थन गरेका छन् । माइक्रो ब्लगिङ वेबसाइट एक्सका मालिक एलन मस्कले पनि यो याचिकाको सफलतालाई लिएर एक सन्देश पोस्ट गरेका छन् ।
निर्देशिकाअनुसार यस्तो अनलाइन याचिकामा कुनै कानुन वा नीतिमा परिवर्तनको माग आयो भने सरकारले १० हजार साइन अप भएपछि त्यसको जवाफ दिने गर्छ । कुनै याचिकामा १ लाख वटा हस्ताक्षर भयो भने त्यसको विषयमा संसदमा पनि बहस हुन्छ ।
‘म फेरि पनि आम निर्वाचन चाहन्छु । मलाई लाग्छ कि वर्तमान सरकारले आम निर्वाचनको समयमा गरेको वाचा निभाउन असफल भएको छ’ याचिकामा भनिएको छ ।
यो याचिकामा अहिलेसम्म १७ लाख ७१ हजार ४२३ जनाले हस्ताक्षर गरिसकेका छन् । यो याचिका एक बेलायती पब अपरेटर माइकल वेस्टवुडले सुरु गरेका थिए । ‘मस्कले यो याचिकाको सफलताबारे टिप्पणी गर्नेछन् भन्ने आशा पनि थिएन’ उनले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण