कारको दाह संस्कार भन्दै जसले गरे ६ लाख खर्च
नयाँ दिल्ली । एक भारतीय परिवारले आफ्नो पुरानो सुजुकी कारको दाह संस्कार गरेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । कार कबाडीलाई दिनुको सट्टा उक्त परिवारले पुरेर यसको अन्तिम दाह संस्कार गरेका थिए । गुजरातको पदारसिंगा गाउँको पोलारा परिवारले आफ्नो १८ वर्ष पुरानो सुजुकी व्यागन आर माटोमा पुरेका थिए ।
यो समारोहमा एक हजार ५०० भन्दा धेरै मानिसहरू जम्मा भएका थिए । यो कार आफूहरूको ‘लक्की’ कार भएकोले कबाडीको जिम्मा लगाउनुको सट्टा यसलाई राम्रोसँग बिदा गरेको परिवारको भनाइ छ । आफूसँग आउडीलगायत अन्य कयौँ महँगा कार भएपनि परिवारको समृद्धि हासिलमा यो कार निकै महत्त्वपूर्ण रहेकोले यसका लागि केही विशेष गर्न चाहेको परिवारका मुली सञ्जय पोलाराले पत्रकारहरूलाई भनेका थिए ।
कारलाई पुर्न उनीहरूले १५ फिट गहिरो खाल्डो खनेका थिए । त्यसपछि कारलाई बिस्तारै यसमा राखेका थिए । कारलाई फुलको पत्र र रंगिबिरंगी मालाले सजाइएको थियो । यतिबेला पोर्टेबल स्पीकरमा गीत पनि घन्किरहेको थियो । कारलाई माटोले पुरेर त्यसमाथि समाधी पनि बनाइएको थियो । यति सबै गर्न ४ हजार ५०० डलर (६ लाख ९ हजार नेपाली रुपैयाँ) खर्च भएको थियो । कारको समाधिमाथि रुख रोप्ने योजना परिवारको भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरानका आक्रमण थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण