विदेश पठाउँछु भन्दै ठगेको आरोपमा ३ जना पक्राउ
सोमबार, १० मङ्सिर २०८१, १७ : ४१
काठमाडौँ । विदेश पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका घर भएका ४१ वर्षीय रविन कोइराला, धादिङ घर भएका ३६ वर्षीय पदमबहादुर भुजेल र झापाको बाह्रदशी घर भएका ४१ वर्षीय कार्तिकलाल राजवंशी छन् । आरोपीहरूले ३ जना पीडितबाट ११ लाख ७० हजार असुल गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।
अस्ट्रेलिया, सर्विया र अल्बानिया पठाउने आश्वासन देखाएर आरोपीहरूले ठगी गरेका हुन् । उनीहरूलाई कारवाहीका लागी वैदेशिक रोजगार विभागमा पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अङ्गुर जिसीले रातोपाटीलाई जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रासमा महानगर प्रहरी, सडकमा निस्कन नसक्दा सहर अस्तव्यस्त
-
मार्कीचोक–भरतपुर २२० केभी प्रसारण लाइनको पहिलो सर्किट सञ्चालनमा, राष्ट्रिय प्रसारण प्रणाली थप सुदृढ
-
कुवेत र इराकका नेपालीलाई सतर्क रहन राजदूतावासको आग्रह
-
चितवनमा होटल सञ्चालक पक्राउ
-
पर्वतको मोदीखोलामा बाढी, सतर्कता अपनाउन आग्रह
-
सुकुमवासी समस्याको दीर्घकालीन समाधानका लागि सरकार गम्भीर छः गृहमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण