आज पनि भएन नेपाल एयरलाइन्सका पाइलटसँग सहमति
काठमाडौँ । विगत केही महिनादेखि सेवा सुविधा लगायतका माग राखेर आन्दोलन गर्दै आएका नेपाल वायुसेवा निगमका पाइलटहरू र व्यवस्थापनबिच आज पनि सहमति हुन सकेन । सोमबार निगमका कार्यकारी अध्यक्ष, अपरेन्स विभागका निर्देशक र वाणिज्य विभागका निर्देशकसहितको टोलीले अर्थमन्त्री विष्णु पौडेल र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेसँग पाइलटहरूका मागका विषयमा छलफल गरे पनि सहमति हुन नसकेको हो ।
निगमले एक विज्ञप्ति जारी गर्दै पाइलटहरूले राखेका मागका सन्दर्भमा भने मन्त्रीद्वय पौडेल र पाण्डे निकै सकारात्मक रहेको जनाएको छ । निगमले मंसिर ८ गतेदेखि पर्न गएको असर निकै ठुलो आर्थिक नोक्सानी र संस्थाको साख गिरेको भन्दै यसलाई नेपाल सरकार र निगम व्यवस्थापनले गम्भीर रूपमा लिएको जनाएको छ ।
यसबाट पर्ने आर्थिक लगायतका सम्पूर्ण नोक्सानीको सम्बन्धमा नियमानुसार हुने समेत निगमले स्पष्ट पारेको छ । साथै सम्पूर्ण विमान चालकहरूलाई आफ्नो रोस्टरअनुसार उडानमा संलग्न भई कुनै पनि उडान प्रभावित नगर्न नगराउन हुन समेत निगमले अनुरोध गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
सरकारको निर्णयले शिक्षा क्षेत्रलाई राहत पुग्ने शिक्षामन्त्रीको विश्वास
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण