बी’ डिभिजन लिग फुटबल फेरि अन्योलमा
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ‘बी’ डिभिजन लिगको मिति सार्वजनिक गरेलगत्तै १० वटा क्लब एन्फाले आफ्नो बक्यौता रकम उपलब्ध नगराएसम्म लिग नखेल्ने अडान लिएका छन् ।
अन्नपूर्ण क्लब आरसिटी, मध्यपुर युथ एसोसियसन, सरस्वती युवा क्लब, बिग्रेड ब्वाइज क्लब, नयाँबस्ती युथ क्लब, वीरगञ्ज युनाइटेड क्लब, टुसाल युथ क्लब, ब्वाइज युनियन क्लब, च्यासल युथ क्लब र झापा फुटबल क्लबले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै यसको जानकारी दिएका हुन् ।
‘२०७९ सालको लिग पनि नगर्ने । २०७८ सालको लिग सकिएको लामो समय बितिसक्दा पनि टिम तयारी वापतको पैसा उपलब्ध नगराउने । त्यसैले अब पुरानो बक्यौता रकम पाएपछि मात्र लिगको छलफलमा बस्ने निर्णय भएको छ,’ १० क्लबद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
२०७८ सालको लिगको तयारी खर्च अझसम्म नपाएकाले एन्फाले मंसिर ६ गते बोलाएको बैठकमा समेत आफूहरु सहभागी नभएको दाबी क्लबहरुले गरेका छन् । यसअघि एन्फाले आगामी माघ १३ गतेबाट ‘बी’ डिभिजन लिग आयोजना गर्ने जानकारी गराएको थियो ।
एन्फाले ‘बी’ डिभिजन लिगका लागि क्लब दर्ताको मिति समेत तय गरिएको जानकारी पनि गराएको थियो । । एन्फाले मंसिर २१ गतेसम्म क्लब दर्ता गर्नु पर्ने र र आगामी पुस १३ गते खेल तालिका सार्वजनिक गरिने जानकारी दिएको थियो ।
मंसिर ६ गते एन्फा र क्लबका पदाधिकारीबिचको बैठकपछि ‘बी’ डिभिजन लिगको मिति सार्वजनिक गरिएको दाबी पनि एन्फाले गरेको थियो । तर, अहिले आएर १० वटा क्लबले आफूहरु उक्त बैठकमा सहभागी नै नभएको दाबी गरेका छन् ।
‘बी’ डिभिजन लिगको अघिल्लो संस्करण २०७८ सालमा आयोजना भएको थियो । त्यसयता पटक–पटक लिगको मिति तय गरिए पनि रद्ध हुँदै आएको छ । असन्तुष्ट १० वटा क्लबहरुले भने एन्फाकै कारण लिग सञ्चालन हुन नसकेको आरोप लगाएका छन् ।
असन्तुष्ट क्लबहरुले २०७८ सालमा सम्पन्न लिगको टिम तयारी बापत पाउनु पर्ने रकम हालसम्म नपाएको भन्दै आक्रोश ब्यक्त गरेका छन् । आफूहरुले यस विषयमा पटक–पटक एन्फामा ज्ञापनपत्र बुझाए पनि कुनै सुनुवाई नभएको दाबी पनि क्लबहरुले गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लगानी बढाउन चिनियाँ लगानीकर्तासँग प्रधानमन्त्री ओलीको आग्रह
-
एसिया कपमा युवा टोलीले धेरै आशा गर्न सकिने प्रदर्शन गरेको छ : शक्ति गौचन
-
रोयल्टी समाजको अल्टिमेटममा यातायात व्यवसायीको प्रतिरोध, के हो लफडा ?
-
काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपको ट्रफी सार्वजनिक
-
बीबीसी सय प्रभावशाली महिलाको सूचीमा परेकी सिलसिला को हुन् ?
-
प्रधानमन्त्री ओलीद्वारा चिनियाँ कम्युनिस्ट पार्टीको सङ्ग्रहालय अवलोकन