निजगढ विमानस्थल निर्माणको काम सुरु नहुँदै एक अर्ब खर्च
मङ्गलबार, ११ मङ्सिर २०८१, १५ : ४३
काठमाडौँ । राष्ट्रिय गौरवका आयोजनाअन्तर्गत पर्ने निजगढ विमानस्थल हालसम्म निर्माण कार्य सुरु भएको छैन । विमानस्थल निर्माणको काम सुरु नहुँदै एक अर्ब रुपैयाँ खर्च भइसकेको आयोजनाले जनाएको छ ।
लगानी र सञ्चालन मोडालिटी तय नभएको टाँगिया बस्तीको जग्गा एकीकरण गर्न हुन नसक्नु समस्या छ । हालसम्म यस आयोजनाको भौतिक प्रगति शून्य रहेको छ । वित्तीय प्रगति १ अर्ब भएको छ । यस आयोजनाको कुलागत १ खर्बदेखि ३ खर्ब अनुमान गरिएको छ ।

Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण