माग पूरा नभएसम्म हडताल गर्ने पीटीआईको घोषणा
मङ्गलबार, ११ मङ्सिर २०८१, १७ : ५९
इस्लामावाद । पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई)ले आफ्ना मागहरू स्वीकार नभएसम्म इस्लामावादको डी चोकमा धर्ना जारी राख्ने घोषणा गरेको छ । पीटीआई समर्थकहरूको जमात इस्लामाबादको रेड जोनस्थित डी चोकमा पुगेको छ । सो भीडसँगै खैबर पख्तुनख्वाका मुख्यमन्त्री पनि उपस्थित रहेका थिए । बुशरा बीबी र अली अमीन गण्डापुरले आफ्ना मागहरू स्वीकार नभएसम्म डी चोकमा धर्ना दिने घोषणा गरेको बताइएको छ ।
धर्नाको घोषणा हुनुअघि पीटीआईका समर्थकहरू इस्लामाबादको ब्लू एरिया पुगेका थिए । जहाँ प्रदर्शनकारीले बाग मैदानमा ‘खान तेरे जा निसार, बेशुमार, बेशुमार’ नारा लगाएका थिए । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई जेलबाट तुरुन्त रिहा गर्न र पछिल्लो चुनाव रद्द गर्न माग गर्दै खैबर पख्तुनख्वाबाट पीटीआई कार्यकर्ता र समर्थकहरू इस्लामावाद आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेको प्रस्तावित चीन भ्रमणबारे के भन्छ परराष्ट्र मन्त्रालय ?
-
विदेशीलाई खुसी पार्न गलत कुरा स्वीकार गर्ने प्रवृत्ति रोकौँ : पूर्वप्रधानमन्त्री नेपाल
-
नयाँ राजदूत नियुक्त गर्न नसकेको सरकार पुरानाको म्याद थपेर काम चलाउँदै
-
अभिमुखीकरणका लागि बाहिर नजाने विधायन व्यवस्थापन समितिको निर्णय, सिंहदरबारभित्रै कार्यक्रम हुने
-
प्रचण्ड भन्छन्– एउटै पार्टी बनाउन थाले झगडा भइहाल्छ
-
विधेयक जनपक्षीय नभए फिर्ता गर्नुपर्छ : सुवेदी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण