अवैध पेस्तोलसहित एक युवा पक्राउ
मङ्गलबार, ११ मङ्सिर २०८१, १८ : ३७
बुटवल । कपिलवस्तुमा अवैध पेस्तोलसहित एक युवा पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले मायादेवी गाउँपालिका–६ का २१ वर्षीय सद्दाम हुसेन फकिरलाई अवैध पेस्तोलसहित पक्राउ गरेको हो ।
पेस्तोलसँगै त्यसमा लाग्ने ४३ थान छर्रा, पेस्तोलमा प्रयोग हुने ६ थान धमाका र एक थान मोबाइल पनि बरामद गरेको प्रहरीले जनाएको छ ।
फकिरको शरीर खानतलासी गर्दा पेस्तोल बरामद भएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी मोहनमणि अधिकारीले बताए । उनले घटनाबारे थप अनुसन्धान भइरहेको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भाषा र संस्कृति संरक्षणमा जुट्दै तनहुँका गुरुङ समुदाय
-
कीर्तिपुरका सुकुमबासी खरिपाटीमाः गाँसको टुंगो छैन, बालबालिकाको बिजोग
-
मुन्द्रा लुट्ने एक जना पक्राउ
-
क्युबामा देशव्यापी बिजुली कटौतीपछि आइतबारदेखि विद्युत आपूर्ति पुनर्स्थापना
-
सुस्तामा घरदैलोमार्फत नागरिकता विवरण सङ्कलन सुरु
-
बङ्गलादेशमा मनसुनी बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण