प्रतिनिधिसभाको विशेष अधिवेशन बोलाउन प्रतिबद्ध छौँ : प्रचण्ड
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको असंवैधानिक, अलोकतान्त्रिक र निरङ्कुश कदमका विरुद्ध नेपाली जनताले आफ्नो फैसला सुनाउने बताएका छन् ।
बिहीबार कीर्तिपुरको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सरकारलाई आफूहरूले खबरदारी गरिरहेको तर सुनुवाइ नभएमा प्रतिनिधिसभाको विशेष अधिवेशन समेत बोलाउन सक्ने बताए ।
‘अहिलेको सरकारले अलोकतान्त्रिक र असंवैधानिक कदम चाल्न खोज्दैछ । त्यसको फैसला जनताले सुनाउनेछ । जरुरी पर्यो भने हामी नयाँ आन्दोलनतिर पनि जानेछौँ’, प्रचण्डले भने, ‘हामीले प्रतिपक्ष दलको नेताको तर्फबाट होस् वा विपक्षी दलको तर्फबाट वक्तव्य दिइरहेका छौँ हाम्रो मागको सरकारले सुनुवाइ गरेन भने हामी प्रतिनिधिसभाको विशेष अधिवेशन बोलाउन प्रतिबद्ध छौँ र त्यहाँबाट पनि लडाइँ छेडिनेछ ।’
उनले त्यहाँबाट देशव्यापी अभियान चलाउनुपर्ने बाध्यता हुन सक्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय सम्बन्ध उतार चढावमै बित्यो सरकारको १०० दिन
-
सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने
-
घरपझोङमा चक्रपथ निर्माण सम्पन्न, आवागमन सहज
-
गृहमन्त्री सुधन गुरुङ विराटनगरमा
-
विस्कन्सिनमा आँधीका कारण डुङ्गा डुब्दा ३ जना बालबालिकाको मृत्यु
-
स्वास्थ्य मन्त्रीले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण