जनताले अस्वीकार गरेकाहरूले शासन चलाउने युगको अन्त्य गर्नुपर्छ : शङ्कर पोखरेल
काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले राजनीतिक अस्थिरताका कारण देश बन्न नसकेको बताएका छन् । बिहीबार कीर्तिपुरमा आयोजना भएको एमाले चुनावी सभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले चीन र भारतको उदाहरण दिँदै नेपालमा राजनीतिक अस्थिरता बढेकै कारण मुलुक समृद्ध बन्न नसकेको बताएका हुन् ।
‘अब नेपालमा धेरै राजनीतिक दल होइन, ३२ सिटले म्याजिक नम्बर भन्दै जनताले अस्वीकार गरेकाहरूले शासन चलाउने युगको अन्त्य गर्नुपर्छ’, महासचिव पोखरेलको भनाई छ । उनले बलिया शक्तिले देशको नेतृत्व गर्नुपर्छ भन्ने मान्यताका आधारमा राजनीतिलाई डोर्याउन अग्रसर हुनुपर्ने भन्दै उनले देश बनाउन युवाहरू राजनीतिमा आउनुपर्ने पनि बताए ।
उनले एमाले सरकारमा रहँदा युवाहरूको विदेश पलायन घट्ने गरेको भन्दै अरू पार्टीले सरकारको नेतृत्व गर्दा युवा पलायन बढ्ने गरेको दाबी गरे । उनले एमाले नेतृत्वको सरकारले छोटो समयमा मुलुकको अर्थतन्त्र सुधारेको भन्दै देशको स्वाधीनता र स्वाभिमानको झन्डा उठाउने एमाले अब विकासको यात्रामा अघि बढ्न चाहेको बताए ।
जनताका अधिकारलाई सबल बनाउन सरकारको नेतृत्व गरेको भन्दै पोखरेलले निराशा अन्त्य गरेर आशा जगाउने काम एमालेले मात्र गर्ने बताए । उनले कीर्तिपुरमा निराशा चिर्नकै लागि एमालेले सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाएकाले मानन्धरलाई निर्वाचित गर्न आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
-
१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
-
प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल : साइबर ब्युरोलाई पत्राचार, आइतबार बैठक आह्वान
-
विद्यार्थी कुटपिट गरी घाइते बनाएको आरोपमा शिक्षक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण