सरकारप्रति जनतामा असन्तुष्टि, आक्रोश र वितृष्णा बढ्दै गयो : मोहन वैद्य
काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका संयोजक मोहन वैद्यले जनताले राज्यसत्ताप्रति नै विकल्प खोज्नुपर्ने अवस्था आएको बताएका छन् ।
सत्तारुढ दलहरू, राजनीतिक व्यवस्था र राज्यसत्ताप्रति नै जनतामा असन्तुष्टि, आक्रोश बढ्दै गएकाले त्यसको विकल्पको खोजी गर्ने अवस्था पैदा भएको उनको जिकिर थियो । बिहीबारबाट काठमाडौँमा सुरु भएको पार्टीको राष्ट्रिय एकता महाधिवेशनमा बोल्दै संयोजक वैद्यले मुलुकमा क्रान्तिका लागि परिस्थिति अनुकूल बन्दै गएको दाबी समेत गरे । उनले क्रान्तिकारी कम्युनिस्ट आन्दोलन हालका लागि कमजोर अवस्थामा रहेको स्वीकार गर्दै आगामी दिनमा बलियो भएर जाने विश्वास व्यक्त गरे । संयोजक वैद्यले मुलुकमा वैकल्पिक राजनीतिक शक्तिको नेतृत्व क्रान्तिकारी कम्युनिस्ट पार्टीहरूले लिने पनि बताए ।
संयोजक वैद्यले साम्राज्यवादी र प्रतिक्रियावादीहरुले मुलुकलाई संकटको डिलमा पुर्याएको समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण