नक्कली यौनवर्धक औषधी उत्पादन गरेको आरोपमा ३ जना पक्राउ
काठमाडौँ । यौन क्षमता बढाउँछ भन्दै नक्कली यौनजन्य औषधी उत्पादन र बिक्री गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–२ घर भएर काठमाडौँ बस्ने ३४ वर्षीय सुजन गौतम, काभ्रेको नमोबेद्ध घर भएर भक्तपुर बस्ने २७ वर्षीय सुजन खड्का र ओखलढुंगाको सिद्धिचरण नगरपालिका–७ घर भर बुढानीलकण्ठ बस्ने डिल्ली प्रसाद घिमिरे छन् ।
उनीहरुले ललितपुरको महालक्ष्मी नगरपालिका–८ लुभुस्थित वायो फुड्स नेपाल प्रालिको नाममा कारखाना सञ्चालन गरेको भेटिएको छ । अखाद्य केमिलक प्रयोग गरेर तयार गरेको औषधीलाई आरोपीहरूले प्रतिक्याप्सुल २५ सयको दरले बेच्ने गरेको अनुसन्धानबाट थाहा भएको ब्युरोका एसपी होविन्द्र बोगटीले रातोपाटीलाई बताए । उनले भने, ‘आरोपीहरूले ठग्ने उद्देश्यले औषधी तयार गर्ने र बेच्ने गरेको देखिन्छ ।’
सो औषधी सेवन गरेमा आधाघण्टासम्म यौनकार्य गर्न सकिन्छ भनेर उनीहरुले सामाजिक सञ्जालमा विज्ञापन समेत गरेका थिए । ल्याबमा परीक्षण गर्दा सो औषधीमा अखाद्य बस्तुको मिश्रण भेटिएको एसपी बोगटीले जानकारी दिए । उनीहरूको कारखाना र भक्तपुरस्थित स्टोरबाट प्रहरीले ६५ लाख बराबरको औषधी र औषधी बनाउन प्रयोग गरिने कच्चा पदार्थ बरामद गरेको छ । सो कारखाना औषधी व्यवस्था विभागबाट अनुमति नलिइकन सञ्चालन गरेको भेटिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रासमा महानगर प्रहरी, सडकमा निस्कन नसक्दा सहर अस्तव्यस्त
-
मार्कीचोक–भरतपुर २२० केभी प्रसारण लाइनको पहिलो सर्किट सञ्चालनमा, राष्ट्रिय प्रसारण प्रणाली थप सुदृढ
-
कुवेत र इराकका नेपालीलाई सतर्क रहन राजदूतावासको आग्रह
-
चितवनमा होटल सञ्चालक पक्राउ
-
पर्वतको मोदीखोलामा बाढी, सतर्कता अपनाउन आग्रह
-
सुकुमवासी समस्याको दीर्घकालीन समाधानका लागि सरकार गम्भीर छः गृहमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण