शिक्षक–कर्मचारी र नेपाल खुला विश्वविद्यालयबिच ४ बुँदे सहमति, तालाबन्दी खुल्यो

काठमाडौँ । नेपाल खुला विश्वविद्यालयका शिक्षक–कर्मचारी र विश्वविद्यालयबिच चार बुँदे सहमति भएको छ । सहमतिसँगै विश्वविद्यालयमा लगाइएको ताला खुलेको छ ।
कार्यकारी परिषद् र संघर्षरत शिक्षक कर्मचारीबिच सहमति भएसँगै तालाबन्दी खोलिएको संघर्ष समितिका संयोजक उपप्राध्यापक डाक्टर भोजराज घिमिरेले जानकारी दिए । सहमति अनुसार विश्वविद्यालयले उनीहरूको स्थायी नियुक्तिको प्रक्रिया तत्काल अगाडि बढाउनेछ ।
विश्वविद्यालयका शिक्षक र कर्मचारीले स्थायित्व लगायतका माग राखेर सोमबारदेखि तालाबन्दी गरेर आन्दोलनमा उत्रिएका थिए । कार्यकारी परिषद्सँग भएको सहमति तालाबन्दी खोलिएको संयोजक घिमिरेले बताए ।
श्रम ऐन तथा श्रम नियमावली अनुसार सेवा सुविधा प्रदान गर्न कार्यविधि बनाउन समिति गठन गर्ने सहमति भएको उनको भनाइ छ ।
विशेष आन्तरिक प्रतियोगितामार्फत स्थायी गराउनुपर्ने तथा श्रम ऐन अनुसार पाउनुपर्ने सेवा सुविधा दिनुपर्ने माग राख्दै उनीहरू आन्दोलनमा उत्रिएका थिए । खुला विश्वविद्यालयमा हालसम्म एक जना पनि स्थायी शिक्षक कर्मचारी छैनन् । उनीहरूलाई खुला प्रतियोगितामार्फत लिखित परीक्षा तथा अन्तर्वार्ता गरेर करारमा नियुक्त गरिएको थियो । पछि स्थायी गराउने भनिएपनि हालसम्म स्थायी हुन सकेका थिएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीड फाइनान्सियल एकेडेमीद्वारा ग्र्याजुएसन समारोह सम्पन्न
-
युक्रेनकाे खेरसनमा ड्रोन आक्रमण, कम्तीमा सात जनाको मृत्यु
-
नामी र सेरेसले सुरु गरे अफर
-
पहलगाम आक्रमणमा ज्यान गुमाएका लेफ्टिनेन्टकी पत्नी भन्छिन्, ‘मुस्लिमहरू विरुद्ध नजानुहोस्’
-
राजसंस्थालाई चिहानबाट फर्काउन असम्भव : एमाले सचिव विष्ट
-
प्रधानमन्त्री ओली र भाजपा नेता चौथाइवालेबिच भेटवार्ता