शिक्षक–कर्मचारी र नेपाल खुला विश्वविद्यालयबिच ४ बुँदे सहमति, तालाबन्दी खुल्यो
काठमाडौँ । नेपाल खुला विश्वविद्यालयका शिक्षक–कर्मचारी र विश्वविद्यालयबिच चार बुँदे सहमति भएको छ । सहमतिसँगै विश्वविद्यालयमा लगाइएको ताला खुलेको छ ।
कार्यकारी परिषद् र संघर्षरत शिक्षक कर्मचारीबिच सहमति भएसँगै तालाबन्दी खोलिएको संघर्ष समितिका संयोजक उपप्राध्यापक डाक्टर भोजराज घिमिरेले जानकारी दिए । सहमति अनुसार विश्वविद्यालयले उनीहरूको स्थायी नियुक्तिको प्रक्रिया तत्काल अगाडि बढाउनेछ ।
विश्वविद्यालयका शिक्षक र कर्मचारीले स्थायित्व लगायतका माग राखेर सोमबारदेखि तालाबन्दी गरेर आन्दोलनमा उत्रिएका थिए । कार्यकारी परिषद्सँग भएको सहमति तालाबन्दी खोलिएको संयोजक घिमिरेले बताए ।
श्रम ऐन तथा श्रम नियमावली अनुसार सेवा सुविधा प्रदान गर्न कार्यविधि बनाउन समिति गठन गर्ने सहमति भएको उनको भनाइ छ ।
विशेष आन्तरिक प्रतियोगितामार्फत स्थायी गराउनुपर्ने तथा श्रम ऐन अनुसार पाउनुपर्ने सेवा सुविधा दिनुपर्ने माग राख्दै उनीहरू आन्दोलनमा उत्रिएका थिए । खुला विश्वविद्यालयमा हालसम्म एक जना पनि स्थायी शिक्षक कर्मचारी छैनन् । उनीहरूलाई खुला प्रतियोगितामार्फत लिखित परीक्षा तथा अन्तर्वार्ता गरेर करारमा नियुक्त गरिएको थियो । पछि स्थायी गराउने भनिएपनि हालसम्म स्थायी हुन सकेका थिएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण