सिजनमै धान तथा चामल आयात, महिना दिनमा २ अर्ब रुपैयाँ खर्च
शुक्रबार, १४ मङ्सिर २०८१, १३ : ५७
काठमाडौँ । मुख्य सिजनमा नै धान तथा चामल आयात भएको पाइएको छ । नेपालमा असोज, कार्तिक, मङ्सिर महिनामा धान भित्र्याउने सिजन हो । तर सरकारी तथ्याङ्कले भने खेतबाट धान भित्र्याउने सिजनमा बाहिर मुलुकबाट ठुलो रकम बराबरको धान आयात भएको देखाएको हो ।
चालु आर्थिक वर्ष २०८१/०८२ को चार महिनामा ६ अर्ब रुपैयाँ बढी रकमको १ लाख मेट्रिक टन धान र चामल आयात भएको छ ।
गत कार्तिकमा अर्थातमा चालु आर्थिक वर्षको तीन महिनामा ४ अर्ब ६० करोड ५२ लाख करोड रुपैयाँ बराबरको ७४ हजार ३३ मेट्रिक टन धान र चामल आयात भएको थियो ।
एक महिनाको अवधिमा मात्रै २ अर्ब रुपैयाँको धान र चामल आयात भएको छ । सो रकम बराबर चार महिनामा १ लाख १७ हजार मेट्रिक धान तथा चामलको आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ ।
सो चामल र धान बराबर ६ अर्ब ९६ करोड ६७ लाख ४७ हजार रुपैयाँ बाहिरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेप बढेको महासंघको आरोप
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण