ललितपुरसहित विभिन्न स्थानमा ५ जना मृत फेला
काठमाडौँ । पछिल्लो २४ घण्टामा ललितपुरसहित देशका विभिन्न स्थानमा ५ जना मृत अवस्थामा फेला परेको नेपाल प्रहरीले जानकारी दिएको छ ।
बाजुरा, बुढीगंगा नगरपालिका-८ देउलीसैनस्थित रामकाट्या खोलामा सोही नगरपालिका-९ थापाबाडा बस्ने ५३ वर्षीय दल बहादुर थापा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
कैलाली, गौरीगंगा नगरपालिका-३ झिलस्थित पानी जमेको खाल्डोमा सोही नगरपालिका-३ वासुदेव बस्ने ६५ वर्षीय काले ढोली शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
धादिङ, बेनिघाट रोराङ गाउँपालिका-५ चरौदी बस्ने विक्रम ठकुरीको घरको पिँढीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६५ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
ललितपुर, बागमती गाउँपालिका-४ प्युटारस्थित बागमती खोलामा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ६५ वर्षीया महिला शुक्रबार मत अवस्थामा फेला परेकी छिन् ।
पाल्पा, तिनाउ गाउँपालिका-६ मस्यामस्थित ढाक्रिपार भिरमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण