सन्तोषनारायणको नियुक्तिपछि सेबोनमा नवराजले छाडे प्रवक्ताको जिम्मेवारी
काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त भएपछि कार्यकारी निर्देशक नवराज अधिकारीले प्रवक्ताको जिम्मेवारी छाडेका छन् । अध्यक्षको प्रतिस्पर्धामा रहेका बोर्डका कार्यकारी निर्देशकद्वय अधिकारी र मुक्तिनाथ श्रेष्ठसँगै अध्यक्ष श्रेष्ठले प्रतिस्पर्धा गरेका थिए ।
यसअघि बोर्डले कार्यकारी निर्देशक मध्येबाट एक जनालाई प्रवक्ताको जिम्मेवारी दिने गरेको थियो । अब भने उपकार्यकारी निर्देशकलाई यो जिम्मेवारी तोकिएको छ । अध्यक्ष श्रेष्ठले बिहीबारदेखि लागु हुनेगरी उपकार्यकारी निर्देशक निरञ्जय घिमिरेलाई प्रवक्ताको जिम्मेवारी दिएको बोर्डले जनाएको छ ।
अर्की उप–कार्यकारी निर्देशक दीपा दाहाल अहिले सूचना अधिकारीको जिम्मेवारीका छिन् । प्रवक्ता सूचना अधिकारीभन्दा एक तह माथिल्लो वरियताको हुने सामान्य प्रचलनमा छन् । सेबोनमा प्रवक्ताको जिम्मेवारी पाएका घिमिरे भने वरियतामा सूचना अधिकारी दाहालभन्दा पछि छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण