सन्तोषनारायणको नियुक्तिपछि सेबोनमा नवराजले छाडे प्रवक्ताको जिम्मेवारी

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त भएपछि कार्यकारी निर्देशक नवराज अधिकारीले प्रवक्ताको जिम्मेवारी छाडेका छन् । अध्यक्षको प्रतिस्पर्धामा रहेका बोर्डका कार्यकारी निर्देशकद्वय अधिकारी र मुक्तिनाथ श्रेष्ठसँगै अध्यक्ष श्रेष्ठले प्रतिस्पर्धा गरेका थिए ।
यसअघि बोर्डले कार्यकारी निर्देशक मध्येबाट एक जनालाई प्रवक्ताको जिम्मेवारी दिने गरेको थियो । अब भने उपकार्यकारी निर्देशकलाई यो जिम्मेवारी तोकिएको छ । अध्यक्ष श्रेष्ठले बिहीबारदेखि लागु हुनेगरी उपकार्यकारी निर्देशक निरञ्जय घिमिरेलाई प्रवक्ताको जिम्मेवारी दिएको बोर्डले जनाएको छ ।
अर्की उप–कार्यकारी निर्देशक दीपा दाहाल अहिले सूचना अधिकारीको जिम्मेवारीका छिन् । प्रवक्ता सूचना अधिकारीभन्दा एक तह माथिल्लो वरियताको हुने सामान्य प्रचलनमा छन् । सेबोनमा प्रवक्ताको जिम्मेवारी पाएका घिमिरे भने वरियतामा सूचना अधिकारी दाहालभन्दा पछि छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तिम फैसला नआएसम्म आधिकारिक एनआरएनए हामी नै हौँ : महेश श्रेष्ठ
-
किशोरीद्वारा युवकमाथि चक्कु प्रहार, भाग्न खोज्दा लडेर घाइते
-
’स्टुडेन्ट इन्गेजमेन्ट टुर २०२५’ मा अन्तर्राष्ट्रिय अध्ययनबारे जानकारी प्रदान
-
हेटौँडाकी मेयरको कार : सरकारी सवारीमा निजी नम्बर प्लेट
-
बागमती सहित यी पाँच प्रदेशमा वर्षा
-
बुटवलको नीति तथा कार्यक्रम : सीप तथा रोजगारमा विशेष जोड