क्रिकेट मैदानमा च्यापिएर २ प्रहरीसहित ७ जना घाइते
शनिबार, १५ मङ्सिर २०८१, १८ : ०५
काठमाडौँ । काठमाडौँको कीर्तिपुरमा नेपाल प्रिमियर लिगको उद्घाटन खेल हेर्न जाँदा च्यापिएर ७ जना घाइते भएका छन् । सुरक्षामा खटिएका दुई जना प्रहरी सहित ७ जना घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए ।
विराटनगर किंग्स र जनकपुर बोल्ट्सबिचको खेल हेर्न जाँदा भिडमा च्यापिएर उनीहरू घाइते भएका हुन् । घाइते हुनेमा रुपन्देही घर भएका २५ वर्षीय जयन श्रेष्ठ, गुल्मी घर भएका २९ वर्षीय शिशिर गौतम, कपिलवस्तुका केशव आचार्य, बैतडी घर भएका केशव नेगी र रुकुम घर भएका प्रेम खड्गी छन् ।
जुम्ला घर भएका प्रहरी जवान दान बहादुर राउत र धादिङ घर भएका जवान २६ वर्षीय अजय तामाङ घाइते भएका छन् ।
प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार जयन श्रेष्ठ सहित दुई जना अस्पतालबाट डिस्चार्ज भएका छन् । उनीहरू भिडमा च्यापिएर लड्दा घाइते भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण