बाघको आक्रमणबाट वडा अध्यक्षसहित २ जना गम्भीर घाइते
रौतहट । बाघको आक्रमणबाट रौतहटको गुजरा नगरपालिका १ का वडा अध्यक्षसहित २ जना गम्भीर घाइते भएका छन् । शनिवार बाघको आक्रमणबाट गम्भीर घाइते भएका वडा अध्यक्ष रामजीत चौधरी र सोही वडाका बौराई चौधरीको वीरगन्जस्थित वयोधा अस्पतालमा उपचार भइरहेको छ।
घाइते दुवै जनालाई आइसियुमा राखेर उपचार भइरहेको वडा अध्यक्ष चौधरीकी छोरी मधु कुमारी चौधरीले बताएकी छन् । शनिवार बिहान अस्पताल भर्ना भएदेखि नै दुवै जना बेलुकीसम्म अचेत रहेको मधुले बताइन्।
गुजरा १ रङ्गपुर गाउँ छेउको लमहा खोलाबाट खेतमा पानी लगाइरहेका बेला बौराईलाई बाघले आक्रमण गरेको थियो । बौराईलाई बचाउन खोज्दा वडा अध्यक्ष चौधरी माथि पनि बाघले आक्रमण गरेको मधुले जानकारी दिइन् ।
बौराई र रामजीत बिच मितरी साइनो रहेको समेत उनले बताइन् । इलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरका प्रमुख डीएसपी राजकुमार राईले घटनाको पुष्टि गर्दै आवश्यक घटनाबारे अनुसन्धान भइरहेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण