बीआरआई सम्झौता कार्यान्वयन गर्नुको विकल्प छैन, तर ऋणमा कुनै परियोजना लिन सकिँदैन : अर्थविद् न्यौपाने
काठमाडौँ । अर्थविद् डा. गोपीलाल न्यौपानेले चिनियाँ विकास परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) सम्झौता कार्यान्वयन गर्नुको विकल्प नरहेको बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण र बीआरआई सम्झौताका विषयमा शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले बीआरआई सम्झौता कार्यान्वयन गर्नुको विकल्प नरहे पनि अहिलेको अवस्थामा ऋण भने लिन नसकिने बताए । राज्यको सार्वजनिक ऋण अहिले २५ खर्बभन्दा बढी रहेको बताउँदै उनले अब यो भन्दा धेरै ऋण देशले थेग्न नसक्ने बताए ।
‘बाहेक नेपाल सरकारसँग अर्को कुनै विकल्प छैन । तर, बीआरआई ऋणमा लिन सकिँदैन । १४ खर्ब आन्तरिक, १२ खर्ब गरी २५ खर्ब ऋण नेपालको अहिले नै छ । १३ खर्ब आन्तरिक ऋण भनेको जनताको पैसा सरकारले तलब खाने हो । सरकारी निकायहरूले अहिले १३ खर्ब पैसा जनताको उपभोग गरिरहेका छन् । जनतालाई फिर्ता गर्न सकेको छैन । यो लोन लिने काम नगरौँ । आन्तरिक लोन लिएर जनता कङ्गाल भएका छन्,’– उनले भने ।
साथै, प्रधानमन्त्री ओली चीन जाँदा कचौरा लिएर जान नहुने उनको भनाइ छ । अर्थविद् न्यौपानेले सुनको कचौरामा भीख माग्नुको कुनै औचित्य नरहेको बताए । ‘चीन जाँदा कचौरा बोकेर प्रधानमन्त्री नजानुस् । हाम्रो बेइज्जत भयो । वर्षौँदेखि हामी कचौरामा भीख मागेर बस्यौँ । सुनको कचौरामा भीख मागेर के फाइदा ?’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण