जस्टिनको ह्याट्रिकले बर्नमथलाई दोहोरो सफलता, वुल्भ्सको विजोग
आइतबार, १६ मङ्सिर २०८१, ०३ : २८
काठमामाडौं । जस्टिन क्लूइवर्टको ह्याट्रिक मद्दतले बर्नमथले इंग्लिश प्रिमियर लिग फुटबलमा शानदार जित निकालेको छ । वुल्भ्सको घरेलु मैदानमा बर्नमथले ४-२ को जित निकालेको हो ।
बर्नमथका लागि जस्टिनले खेल सुरु भएको ३ मिनेट मै पहिलो गोल गरेका थिए । पछि उनले १८ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा ७४ औं मिनेटमा ह्याट्रिक पुरा गरे ।
बर्नमथका लागि मिलोसले थप एकको गोल योगदान गर्दा वुल्भ्सकातर्फबाट लार्सेनले दुई गोल फर्काए । यो जितले बर्नमथलाई अंक तालिकाको ११औं स्थानमा उभ्याएको छ भने ऋणात्मक रहेको गोल डिफ्रेन्सलाई समेत धनात्मक बनाएको छ । हारेको वुल्भ्स भने रेलिगेशन जोनमा ओर्लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा कांग्रेस–एमाले सत्ता गठबन्धनभित्र उकसमुकुस, के होला सरकार ?
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण