नक्कली आयोजना खडा गरी अनावश्यक बजेटहरु राख्ने प्रवृत्ति अन्त्य गर्छौँ : मन्त्री दाहाल
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले ११ हजार नक्कली आयोजनाको विषयमा अध्ययन गरी सो आयोजनाहरु हटाउने बताएका छन् । उनले आइतबार मन्त्रालयमा पूर्वाधार पत्रकारसँग भएको छलफल कार्यक्रममा बोल्दै नक्कली आयोजना खडा गरी अनावश्यक बजेटहरु राख्ने प्रवृत्ति अन्त्य गरिने बताए ।
‘११ हजार नक्कली आयोजना को सन्दर्भमा प्रधानमन्त्रीले उठाएको विषय हो, यी आयोजना कसरी बिचैमा त्यसरी आए । संसदले पास गरेको आयोजनाभन्दा कसरी बढ्यो भन्ने कुराको अध्ययन हुनुपर्छ यो अराजकता हो,’ उनले भने, ‘नक्कली आयोजना खडा गरी अनावश्यक बजेटहरु राख्ने प्रवृत्तिको बारेमा अध्ययन गरी ती आयोजनालाई डिलेट गर्ने बाहेक अरु उपाए छैन ।’
यसैगरी चालु आर्थिक वर्षको बजेटमा ६३७ पुलको लागि ६९ लाख छुट्याएको बताउँदै मन्त्री दाहालले आयोजना राख्ने कुरामा गम्भिर देखिएका बताए । आगामी दिनमा यस्तो समस्या नहुनेगरी काम अघि बढाउने मन्त्री दाहालको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण