यू–१९ एसिया कपमा नेपालको दोस्रो हार
काठमाडौँ । एसियाली क्रिकेट काउन्सिल (एसीसी) पुरुष यू–१९ एसिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ । आइतबार भएको खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले हारेको हो । नेपाल पहिलो खेलमा श्रीलंकासँग ५५ रनले पराजित भएको थियो ।
नेपालले प्रस्तुत गरेको १ सय ४२ रनको लक्ष्य बंगलादेशले २८.४ ओभरमा ५ विकेटको क्षतिमा पछ्यायो । बंगलादेशको जितमा जवाद अबरार र कप्तान अजिजुल हाकिम तमिमले अर्धशतकीय इनिङ्स खेले ।
अबरारले ६५ बलमा ५९ रन जोडे भने कप्तान तमिम ५२ रन बनाउँदै नटआउट रहे । विकेटकिपर फरिद हसन फयसलले १३ रनको योगदान दिए । नेपालका लागि युवराज खत्रीले ६ ओभर बलिङ गर्दै २३ रन खर्चेर ४ विकेट लिए । हेमन्त धामीले १ विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४५.४ ओभरमा सबै विकेट गुमाएर १ सय ४१ रन बनाएको थियो । नेपालका लागि ओपनर आकाश त्रिपाठीले सर्वाधिक ४३ रनको योगदान दिए । ७७ बलमा उनले ५ चौका प्रहार गरे । तर, त्यसपछि शीर्ष क्रमका कुनै पनि ब्याटरले ठुलो योगदान गर्न सकेनन् ।
विकेटकिपर उत्तम रंगु थापा मगरले ६९ बलमा २९ रन जोडे । उनले २ चौका हिर्काए । अभिषेक तिवारीले पनि समान २९ रन बनाए । ३५ बलमा उनले १ चौका र २ छक्का प्रहार गरे । बंगलादेशका लागि मोहम्मद अल फहद, मोहम्मद इक्बाल हसन इमोन र मोहम्मद रिजान होसेनले २–२ विकेट लिए । साद इस्लाम रजिन, मोहम्मद रफी उजमान र अजिजुल हकिम तमिमले १–१ विकेट लिए ।
यू–१९ एसिया कप डिसेम्बर ८ तारिखसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा नेपाल र आयोजक यूएईसहित आठ टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा सहभागी टोलीहरूलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल समूह ‘बी’ मा परेको छ । उक्त समूहमा नेपालका अतिरिक्त अफगानिस्तान, बङ्गलादेश र श्रीलङ्का रहेका छन् ।
यसैगरी, प्रतियोगिताको समूह ‘ए’ मा भारत, पाकिस्तान, जापान र आयोजक यूएई रहेका छन् । समूहगत चरणको अन्तिम खेल नेपालले डिसेम्बर ३ तारिखमा (मंगलबार) अफगानिस्तानसँग खेल्नेछ ।
दुवै समूहबाट तालिकाको माथिल्लो स्थानमा रहने दुई–दुई टोली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछन् । यू–१९ एसिया कप खेल्ने १५ सदस्यीय नेपाली टोलीको कप्तानमा हेमन्त धामी रहेका छन् ।
यसैगरी, टोलीका अन्य खेलाडीमा अर्जुन कुमाल ९उप–कप्तान०, आकाश त्रिपाठी, उत्तम रंगु थापामगर र मयान यादव रहेका छन् । नरेन साउद, युनिशबिक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, यवराज खत्री, रोशन विश्वकर्मा, विपिनकुमार महतो, अपराजित पौडेल, अभिषेक तिवारी र रंजित कुमार पनि नेपाली टोलीमा छन् ।
नेपाली टोलीको प्रशिक्षकमा शक्ति गौचन र सहायक प्रशिक्षकमा धिरेन्द्र चन्द रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा कांग्रेस–एमाले सत्ता गठबन्धनभित्र उकसमुकुस, के होला सरकार ?
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण