२०८४ अघि नै राप्रपाले देशको नेतृत्व गर्नसक्छ : अध्यक्ष लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले २०८४ अघि नै सरकारको नेतृत्व राप्रपाले लिनसक्ने बताएका छन् । आइतबार बिर्तामोड नगर अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
अध्यक्ष लिङ्देनले राप्रपाले अब क्रियाशीलता बढाउनुपर्ने समय आएको बताए । उनले पर्खिने, हेर्ने छुट राप्रपालाई नरहेको भन्दै राप्रपाले अब मुलुकको नेतृत्व लिने समय आएको बताए । उनले सकेसम्म २०८४ अगाडि नै र नभए २०८४ को निर्वाचनबाट देशको ठुलो राजनीतिक शक्ति बनेर मुलुकको नेतृत्व गर्ने दाबी गरे ।
अध्यक्ष लिङ्देनले नेपाली कांग्रेस— नेकपा एमाले मिलेर बनाएको सरकारबाट पनि नागरिकहरू खुसी नरहेको भन्दै अब राप्रपाले सरकारको नेतृत्व गर्ने बेला आएको बताए । सरकारका प्रधानमन्त्री र मन्त्रीहरू चाहेको ठाउँमा जानसक्ने स्थिति नरहेको उनले बताए । कांग्रेस— एमाले र नेकपा (माओवादी केन्द्र) उनीहरूकै क्रियाकलापबाट जनताको नजरमा अलोकप्रिय भएको भन्दै उनले जनताले अब तीन वटै पार्टीलाई पूर्ण रूपमा चिनेको बताए ।
उनले भने, ‘हामीले आफ्नो क्रियाशीलता बढाउनुपर्ने समय आयो । हेर्नुस्, हामीले अब पर्खिने, हेर्ने र हेरौँ न भन्ने छुट हामीलाई छैन । अब यो मुलुकको नेतृत्व राष्ट्रिय प्रजातन्त्र पार्टीले गर्नुपर्छ । पर्यो भने बिचमै, भएन भनेपनि ०८४ भन्दा त उता हामी जानै हुँदैन । ०८४ मा त राष्ट्रिय प्रजातन्त्र पार्टीले नेतृत्व गर्ने हो गर्ने हो ।’
अध्यक्ष लिङ्देनले राप्रपाले आफ्नो शक्ति चिन्न नसकेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरभित्रका संस्थागत विद्यालयहरुबाट प्रदान गरिने छात्रवृत्तिमा यस्तो निर्णय
-
पोखरा विमानस्थलको छानबिन प्रतिवेदनमा एमाले सांसदले किन गरेनन् हस्ताक्षर ?
-
शिक्षक महासंघ र शिक्षामन्त्रीबिच वार्ता सुरु
-
धरानबाट हराएको बस विराटनगरमा फेला, कबाडमा बिक्री गरिँदै थिए पाटपूर्जा
-
भारत नेपालमा व्यवस्था परिवर्तनको पक्षमा छैन : डा. बाबुराम भट्टराई
-
विराटनगरमा एक बालकको मृत्यु