अमेरिकाद्वारा पूर्वी प्रशान्त महासागरमा आक्रमण, पछिल्लो आक्रमणमा १ जनाको मृत्यु
सारांश
- अमेरिकी सैन्य अधिकारीहरूले पूर्वी प्रशान्त महासागरमा एक डुङ्गामा आक्रमण गर्दा एक जना व्यक्तिको मृत्यु भएको बताएका छन् ।
- यो आक्रमण गत सेप्टेम्बरमा राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा सुरु गरिएको 'साउदर्न स्पियर' नामक सैन्य अपरेसनको एक भाग हो ।
- यस अपरेसन अन्तर्गत क्यारिबियन सागर र पूर्वी प्रशान्त महासागरमा २०० भन्दा बढी मानिसको मृत्यु भएको छ ।
वासिङ्टन डीसी । अमेरिकी सैन्य अधिकारीहरूले पूर्वी प्रशान्त महासागरमा मङ्गलबार एउटा डुङ्गामा आक्रमण गर्दा १ जना व्यक्तिको मृत्यु भएको बताएका छन् ।
आक्रमण गत सेप्टेम्बरमा राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा संयुक्त राज्य अमेरिका ल्याटिन अमेरिकाबाट सञ्चालित लागु–औषध तस्कर नियन्त्रण गर्न सुरु गरिएको सैन्य अपरेसन “साउदर्न स्पियर“ को एक भाग भएको जनाइएको छ ।
“गुप्तचरले उक्त डुङा पूर्वी प्रशान्तमा नार्को–तस्करी मार्गहरूमा पारगमन गरिरहेको र नार्को–तस्करी अपरेसनमा संलग्न रहेको पुष्टि गरेको युएस साउदर्न कमान्ड (साउथकम) ले सामाजिक सञ्जाल एक्स मार्फत जनाएको छ ।
आक्रमणमा परी दुई जना मानिसहरू घाइते भएको जनाइएको छ, भने अमेरिकी तट–रक्षकले उनीहरुको खोजी तथा उद्धार अभियान सुरु गरेको साउथकमले जनाएको छ ।
क्यारिबियन सागर र पूर्वी प्रशान्त महासागरमा “साउदर्न स्पियर“ आक्रमण क्रममा २०० जना भन्दा बढी मानिसको मृत्यु भएको एएफपीले जनाएको छ ।
कानुनी विज्ञहरू र अधिकार समूहहरूले संयुक्त राज्य अमेरिकाका लागि तत्काल खतरा नगर्ने नागरिकहरूलाई लक्षित गरी गरिएका आक्रमणहरु गैरन्यायिक आक्रमण हुने जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारका गतिविधिले लोकतान्त्रिक मूल्य कमजोर बनायाे : पापड
-
‘सहकारीको बचत फिर्ता गर्न राज्यको ढुकुटी चलाइएको छैन,असारदेखि लालपुर्जा बाँड्छौँ’
-
ई–सेवाको कर्मचारी बनेर ठगी गर्ने पक्राउ
-
कम्पनीहरूलाई सरकारको राहत : असोजभित्र विवरण बुझाए पुराना जरिवाना मिनाहा
-
गोविन्दबहादुर बटालाले गरे अदालतमा आत्मसमर्पण, डिल्लीबजार कारागार चलान
-
जेनजी आन्दोलनमा फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण