ब्लाइन्ड क्रिकेट विश्वकप खेल्ने बागमती प्रदेशका खेलाडीलाई नगद पुरस्कार घोषणा
काठमाडौँ । पाकिस्तानमा भइरहेको चौथो ब्लाइन्ड क्रिकेट टी२० विश्वकप खेलिरहेको नेपाली राष्ट्रिय टिममा रहेका बागमती प्रदेशका खेलाडीहरूलाई बागमती प्रदेश खेलकुद विकास परिषद्ले पुरस्कार घोषणा गरेको छ ।
बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव दीपक लामाले विश्वकपमा उच्च प्रदर्शन गर्ने बागमती प्रदेशका चार खेलाडीहरूलाई जनही २० हजार नगदबाट सम्मान गर्ने जानकारी दिए ।
ब्लाइन्ड टिममा बागमती प्रदेशबाट सागर लामा, प्रविन स्याङ्गतान, अमिस गुरागाईँ र सन्त पहारी विश्वकपमा सहभागी छन् ।
चौथो पटक ब्लाइन्ड क्रिकेट विश्वकप खेलेको नेपाली टोलीले पहिलो पटक सेमिफाइनल पुग्दै इतिहास रचेको हो । ६ टोली सहभागी विश्वकपमा नेपाल चौथो स्थानमा रहँदै सेमिफाइनल पुग्न सफल भएको हो ।
‘दृष्टिविहिनहरुले पनि खेलमा राम्रो प्रदर्शन गर्न सक्छन् भने उहाँहरूले प्रमाणित गर्नुभएको छ । त्यसमा हामीले सानो सहयोग स्वरूप सम्मान गर्न लागेका हौँ ।’ बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव दीपक लामाले भने ।
लिग चरणमा नेपालले अफगानिस्तान र दक्षिण अफ्रिकालाई पराजित गरेको थियो । श्रीलङ्का, बंगलादेश र पाकिस्तानसँग भने नेपाल पराजित भयो । भारतले सहभागिता नजनाएपछि नेपालले वाकओभर पाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा कांग्रेस–एमाले सत्ता गठबन्धनभित्र उकसमुकुस, के होला सरकार ?
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण