प्रेमिकाको निहुँमा गोंगबुको रेष्टुरेन्टमा दुईजना युवकलाई निर्घात कुटपिट
काठमाडौं । काठमाडौंको गोंगबुस्थित क्रेजी चिया भट्टी (रेष्टुरेण्ट)मा २०८१ भदौ ३० मा दुईजना युवक कुटिएका थिए । रेष्टुरेण्टमा रुपेश गुरुङ र सागर तामाङलाई ४ जना मिलेर कुटपिट गरेका हुन् ।
मरणासन्न हुनेगरी उनीहरुलाई कुट्ने ४ जनालाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले साढे २ महिनापछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङ घर भएका २० वर्षीय सुमित तामाङ, सुसन तामाङ, धादिङ घर भएका उमेश घले उर्फ उम्बे र आशिष गुरुङ उर्फ कान्छा छन् ।
कुटपिट गर्नेहरु गुण्डागर्दीमा संलग्न रहेको देखिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले रातोपाटीलाई बताए ।
प्रेमिका खोसेको निहुँमा उनीहरुले दुई जनालाई काठ, फलामको कुर्सी, हेलमेट र सिसाको बोत्तलले प्रहार गरेको सिसिटिभी फुटेजमा देखिन्छ । उनीहरुविरुद्ध ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा प्रहरी वृत्त महाराजगञ्जले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
-
१२ बजे १२ समाचार: हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, महाशक्तिबिच नै हुने भयो सेमिफाइनल भिडन्त
-
मोदी खोलाको बाढीले घर र रेस्टुरेन्ट बगायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण