ग्रामथान गाउँपालिका अध्यक्षमा जित नजिक माओवादी, अबिर जात्रा सुरु
सोमबार, १७ मङ्सिर २०८१, ०७ : ३४

काठमाडौँ । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि भएको उपनिर्वाचनको मतगणना जारी रहेको छ । पछिल्लो मतपरिणाम अनुसार नेकपा माओवादी केन्द्रका उम्मेदवार नमो नारायण माझीले अग्रता कायम राखेका छन् ।
उनले ६ हजार २८० मत ल्याएका छन् । जितनजिक पुगेपछि माओवादी कार्यकर्ताहरूले अबिर जात्रा सुरु गरेका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बलराम सरदार थारुले ४ हजार ७११ मत ल्याएका छन् । नेकपा एमालेका तुलसी राम विश्वास ३ हजार २६६ मतसहित तेस्रो स्थानमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कारले मोटरसाइकललाई ठक्कर दिँदा बाबु छोरीको मृत्यु
-
कांग्रेस निकट महेश श्रेष्ठ एनआरएनए ‘एकता महाधिवेशन’बाट अध्यक्ष चयन, कार्यसमितिमा को–को ? (सूचीसहित)
-
प्रचण्डले बोलाए पदाधिकारी बैठक
-
१४ बलको त्यो अद्भुत उपलब्धि...
-
बेंगलुरु र चेन्नईको खेलमा अम्पायरको चर्चा किन ?
-
सुनको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?