कीर्तिपुरमा एमाले बन्यो तेस्रो, कांग्रेसका डंगोलले जित्दा कसले कति मत पाए ? (नतिजासहित)
काठमाडौँ । यसअघि कांग्रेसले जितेको ठाउँमा आफू विजयी हुने लक्ष्यका साथ कीर्तिपुरमा खडा भएको नेकपा एमालेले तेस्रो स्थानमा चित्त बुझाएको छ । आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनको अन्तिम मतपरिणामअनुसार एमालेका उम्मेदवार सुरेन्द्र मानन्धर ४ हजार ३३७ मतका साथ तेस्रो स्थानमा रहेका हुन् ।
५ हजार ३३४ मतका साथ कांग्रेसका कृष्ण मान डंगोलले विजय हासिल गरेको कीर्तिपुरमा माओवादी केन्द्रका उम्मेदवार शिव शरण महर्जन दोस्रो भए । उनले ४ हजार ५५५ मत प्राप्त गरेका हुन् । माओवादीले कीर्तिपुरमा जित हासिल गर्न नसकेपनि उत्कृष्ट मत ल्याएको पार्टीका नेताहरु बताउँछन् । महर्जन कांग्रेसका उम्मेदवार डंगोलसँग ७७९ मतले पराजित भएका हुन् ।
यसैगरी स्वतन्त्र उम्मेदवारी दिएसँगै चर्चामा आएका सफाइ अभियन्ता राजमान महर्जनले २ हजार ३६ मत पाउँदा अर्का स्वतन्त्र उम्मेदवार कवि कुमार महर्जनले १ हजार ३१४ मत, दिनेश कुमार अधिकारीले १ हजार ४८ मत, राप्रपाका ध्रुव महर्जनले ९९५ मत पाए ।