कीर्तिपुरमा एमाले बन्यो तेस्रो, कांग्रेसका डंगोलले जित्दा कसले कति मत पाए ? (नतिजासहित)
काठमाडौँ । यसअघि कांग्रेसले जितेको ठाउँमा आफू विजयी हुने लक्ष्यका साथ कीर्तिपुरमा खडा भएको नेकपा एमालेले तेस्रो स्थानमा चित्त बुझाएको छ । आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनको अन्तिम मतपरिणामअनुसार एमालेका उम्मेदवार सुरेन्द्र मानन्धर ४ हजार ३३७ मतका साथ तेस्रो स्थानमा रहेका हुन् ।
५ हजार ३३४ मतका साथ कांग्रेसका कृष्ण मान डंगोलले विजय हासिल गरेको कीर्तिपुरमा माओवादी केन्द्रका उम्मेदवार शिव शरण महर्जन दोस्रो भए । उनले ४ हजार ५५५ मत प्राप्त गरेका हुन् । माओवादीले कीर्तिपुरमा जित हासिल गर्न नसकेपनि उत्कृष्ट मत ल्याएको पार्टीका नेताहरु बताउँछन् । महर्जन कांग्रेसका उम्मेदवार डंगोलसँग ७७९ मतले पराजित भएका हुन् ।
यसैगरी स्वतन्त्र उम्मेदवारी दिएसँगै चर्चामा आएका सफाइ अभियन्ता राजमान महर्जनले २ हजार ३६ मत पाउँदा अर्का स्वतन्त्र उम्मेदवार कवि कुमार महर्जनले १ हजार ३१४ मत, दिनेश कुमार अधिकारीले १ हजार ४८ मत, राप्रपाका ध्रुव महर्जनले ९९५ मत पाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण