स्थानीय तह उपनिर्वाचन
हुम्लाको सर्केगाडमा माओवादी र कांग्रेसबिच कडा प्रतिस्पर्धा
सोमबार, १७ मङ्सिर २०८१, १९ : ३५

हुुम्ला । हुम्लाको सर्केगाड गाउँपालिकामा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका उम्मेदवारबिच कडा प्रतिस्पर्धा देखिएको छ ।
पछिल्लो मतपरिणाम अनुसार नेकपा माओवादी केन्द्रकी उम्मेदवार देवकी तिमिल्सिनाले १३८५ मत ल्याएर अग्रता लिइरहँदा कांग्रेसका उम्मेदवार सविता बुढाले १३५२ मत ल्याएकी छन् । त्यस्तै नेकपा एमालेका उम्मेदवार जाना शाहीले १०८४ मत ल्याएकी छन् ।
त्यस्तै राप्रपाका उम्मेदवारले ४८ मत ल्याउँदा रास्वपाका उम्मेदवारले १६ मत ल्याएका छन् । सो गाउँपालिकाको अब एउटा वडा गणना गर्न बाँकी छ। सो गाउँपालिकामा आइतबार उपाध्यक्ष पदमा निर्वाचन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायल–इरान युद्ध : नेपालीको उद्धारका लागि विवरण सङ्कलनदेखि वैकल्पिक मार्ग खोजी गर्ने सरकारको तयारी
-
एपीएफ–थ्री स्टार विवाद दुई वर्षपछि अपिल कमिटीले सुल्झायो
-
नक्कली प्रहरी पक्राउ, अपाङ्गलाई समेत डर देखाएर असुल्थे रकम
-
एआइजी खापुङको ‘सुवास बनेर आउनु तिमी’ गीत सार्वजनिक
-
सुदूरपश्चिमका तीन क्रिकेट खेलाडी सम्मानित
-
१५ औँ राष्ट्रपति रनिङ शिल्डमा पदक विजेता खेलाडी तथा प्रशिक्षक सम्मानित