सान्त्वना जितको खोजीमा रहेको नेपाल आज अफगानिस्तानसँग भिड्दै
काठमाडौँ । एसियाली क्रिकेट काउन्सिल (एसीसी) यू–१९ एसिया कप क्रिकेटमा नेपालले मंगलबार अफगानिस्तानको सामना गर्नेछ । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी उक्त प्रतियोगितामा नेपाली टोली सान्त्वना जितको खोजीमा छ ।
नेपाली टोली यसअघि नै उपाधि होडबाट बाहिरिइसकेको छ । यो नेपालको अन्तिम खेल हो । यसअघि खेलिएको आफ्नो पहिलो खेलमा नेपाली टोली श्रीलङ्कासँग ५५ रनले पराजित भएको थियो । दोस्रो खेलमा नेपाली टोली बङ्गलादेशसँग पाँच विकेटले पराजित भएको थियो ।
जारी प्रतियोगितामा नेपाल समूह ‘बी’ मा छ । उक्त समूहमा चारवटै टोलीले दुई–दुई खेल खेलिसक्दा चार अंकसहित श्रीलङ्का पहिलो र समान अंक बटुलेको बङ्गलादेश दोस्रो स्थानमा छन् । यी दुवै टोली प्रतियोगिताको सेमिफाइनलमा पुगिसकेका छन् ।
नेपाल र अफगानिस्तान भने अन्तिम खेलअगावै उपाधि होडबाट बाहिरिने निश्चित भइसकेको छ । नेपाल र अफागनिस्तानबिचको खेल नेपाली समयअनुसार, बिहान १०ः४५ बजे सुरु हुनेछ । मंगलबार नै बङ्गलादेश र श्रीलङ्का पनि आपसमा भिड्ने छन् ।
पाकिस्तान, आयोजक यूएई, भारत र जापान समूह ‘ए’ मा छन् । उक्त समूहमा चारवटै टोलीले दुई–दुई खेल खेलिसकेका छन् । चार अंकसहित पाकिस्तान पहिलो, दुई अंकसहित यूएई दोस्रो, समान अंक जोडेको भारत तेस्रो र अंक जोड्न नसकेको जापान चौथो स्थानमा छन् । पाकिस्तान सेमिफाइनलमा पुगिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
-
साउन दोस्रो साताभित्र काठमाडौँका अव्यवस्थित तार व्यवस्थापन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण