युद्ध विराम खतरामा, इजरायल र हिजबुल्लाहले गरे एक अर्कालाई आक्रमण
तेल अभिभ । आफ्ना सेनाले लेबनानमा हिजबुल्लाहलाई लक्षित गरेर आक्रमण गरेको इजरायलले भनेको छ । इजरायलले सोमबार साँझ बताएअनुसार हिजबुल्लाहले पनि इजरायली चौकीमा गोली हानेर जवाफी कारबाही गरेको छ । दुवै पक्षले एक अर्कालाई गत हप्ता भएको युद्ध विराम उल्लङ्घन गरेको आरोप लगाइरहेका छन् ।
लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार दक्षिणी लेबनानको दुई गाउँमा इजरायली आक्रमणमा कम्तीमा नौ जनाको मृत्यु भएको छ । इजरायली रक्षा बल (आईडीएफ)ले लेबनानभरि हिजबुल्लाहको गढहरूमा आक्रमण गरेको बताएको छ । जवाफी कारबाहीमा आफूले इजरायलले कब्जा गरेको इलाकामा रहेको सेनाको चौकीमा गोली प्रहार गरेको हिजबुल्लाहले भनेको छ ।
हिजबुल्लाहको आक्रमण युद्ध विरामको गम्भीर उल्लङ्घन भएको भन्दै इजरायलले कडा प्रतिक्रिया दिने इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बताएका छन् । हिजबुल्लाहले सम्झौताका सर्तहरू उल्लङ्घन गरेमा कारबाही गर्न नहिचकिचाउने युद्ध विराम सम्झौताको घोषणा गर्दा नै नेतान्याहुले बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस नफुटाउन स्थानीय तहका जनप्रतिनिधिको दबाब, तस्बिरहरू
-
विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण