काठमाडौँसहित विभिन्न स्थानमा ५ जना मृत फेला
मङ्गलबार, १८ मङ्सिर २०८१, १२ : ५३
काठमाडौँ । काठमाडौँसहित देशका विभिन्न स्थानमा ५ जना मृत अवस्थामा फेला परेका छन् ।
- काठमाडौँ, बुढानीलकण्ठ नगरपालिका-६ टनागाउँ डेरा गरी बस्ने मकवानपुर घर भएका २५ वर्षीय उमेश मोक्तान आफ्नै डेरा कोठामा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
- मोरङ, रतुवामाई नगरपालिका-४ पैयामारी बस्ने ४२ वर्षीय शम्भु मुखिया सोही ठाउँस्थित पैयामारी चोकस्थित बाटोको किनारामा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
- बारा, सिम्रौनगढ नगरपालिका-२ अमृतगंजस्थित आँपको बगैंचामा सोही नगरपालिका-७ झवानी बस्ने ५० वर्षीय जङ्गीलाल महरा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
- रोल्पा, रोल्पा नगरपालिका-१० धवाङ बस्ने ७७ वर्षीया पिवली सुनार सोही नगरपालिका-१ पानास्थित भिरमा सोमबार मृत अवस्थामा फेला परेकी छिन् ।
- सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१० आपखोली बस्ने ५० वर्षीय लोक बहादुर थापा सोही ठाउँस्थित जंगलमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण