एनपीएलमा सट्टेबाजी गरेको आरोपमा चार जना पक्राउ
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा सट्टेबाजी गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरोले चार जनालाई पक्राउ गरेको छ । सोमबार दुई जना तथा मंगलबार थप दुई जना गरी प्रहरीले चार जनलाई पक्राउ गरेको हो ।
पक्राउ पर्ने चारै जना भारतीय नागरिक रहेका छन् । सोमबार प्रहरीले कोलाकाता घर भएका दुई जनालाई पक्राउ गरेको थियो भने मंगलबार बिहार घर भएका दुई जनालाई पक्राउ गर्न सफल भएको छ ।
कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको एनपीएलमा सट्टेबाजी हुनसक्ने आशङ्कामा प्रहरीले अनुसन्धान गरिरहेको छ । सट्टेबाजीमा प्रयोग हुने वानएक्स बेटका नेपाली एजेन्ट र अन्य बेटिङमा प्रयोग हुने अनलाइनबारे अनुसन्धान थालिएको सीआईबीका प्रवक्ता (एसपी) होविन्द्र बोगटीले रातोपाटीलाई बताए । उनले भने, ‘क्रिकेटमा सट्टेबाजी हुनसक्नेबारे कडा निगरानी राखेका छौँ ।’
ब्यूरोबाट प्रहरी उपरीक्षक नेतृत्वको टोलीले त्यसबारे निगरानी गरिरहेको छ । मैदानमा पनि गतिविधि हेरिने बोगटीले जानकारी दिए ।
ब्यूरोले पछिल्लो समय वुल्फ–७७७ नामको अनलाइन एपलाई कारबाही गरेको थियो । बेटिङ गर्न खोलिएका अनलाइन र बेटिङमा यसअघि संलग्न भएकाहरूलाई पनि प्रहरीले निगरानीमा राखेको छ ।
त्यस्तै, उपत्यका अपराध अनुसन्धान कार्यालयले पनि एनपीएलमा सट्टेबाजी हुनसक्ने आशङ्कामा त्रिवि क्रिकेट मैदानमा नै अनुसन्धान अधिकृतहरूलाई खटाएको छ । जुनियर अफिसरको कमान्डमा एउटा टिमलाई मैदानमा परिचालन गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण