जनमतलाई संसद् सचिवालयको जवाफ : कानुनी राज्यमा हरेक कामकारबाहीहरू कानुन बमोजिम हुनुपर्छ
काठमाडौँ । संघीय संसद् सचिवालयले प्रतिनिधि सभा सदस्य गोमा लाभ (सापकोटा)का सम्बन्धमा जनमत पार्टीले जारी गरेको प्रेस विज्ञप्तिप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
सचिवालयका सहायक प्रवक्ता अनन्तप्रसाद कोइरालाले जारी गरेको विज्ञप्तिमा जनमतले आरोप लगाएजस्तो संघीय संसद् सचिवालयबाट कुनैपनि जातजाति, वर्ण, रंग, लिङ्ग, समुदाय, भाषा, धर्म तथा शारीरिक अवस्था लगायतका कुनैपनि आधारमा विभेद नभएको र नहुने कुरा स्पष्ट पारेका छन् ।
जनमत पार्टीले समानुपातिक सदस्यमा निर्वाचित प्रतिनिधि सभा सदस्य माननीय गोमा लाभ (सापकोटा)लाई पार्टीको विधान बमोजिम कारबाही गरी साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको भनी राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३५ को उपदफा (२) बमोजिमको प्रक्रिया अगाडि बढाइदिन संघीय संसद्को महासचिवलाई सम्बोधन गरी पत्र पठाएको थियो । तर सभामुख देवराज घिमिरेले सापकोटालाई कारबाही प्रक्रिया अघि नबढाएपछि जनमतले सापकोटा सभामुखको आफन्त भएको आरोप लगाउँदै आएको छ ।
‘पत्र आएपछि संघीय संसद् सचिवालयले सो विषयमा नेपालको संविधान र सम्बन्धित कानुनहरू (प्रतिनिधि सभा नियमावली, २०७९ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३) का प्रावधानहरूको व्यवस्था बमोजिम निर्णयार्थ पेस गरेको र सम्माननीय सभामुखले कानुन बमोजिम निर्णय गर्नुभएको ब्यहोरा जानकारी गराउन चाहन्छौ’, सचिवालयले भनेको छ, ‘सम्माननीय सभामुखको निर्णयमा सबै विषयको ब्यहोरा स्पष्ट समेत रहेको छ । साथसाथै सचिवालय कानुनी राज्यमा हरेक कामकारबाहीहरू कानुन बमोजिम हुनुपर्दछ भन्ने विषयमा सदैव सजग रहेको पनि यसै विज्ञप्ति मार्फत स्पष्ट पार्न चाहन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेटा आँखा अस्पतालमा कर्मचारी र प्रशासनबिच किन भइरहेको छ लडाइँ ?
-
बाघसँग ठोक्किँदा मोटरसाइकल चालक घाइते
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण