सांसद सापकोटाको कारबाही सम्बन्धमा जनमतले जारी गरेको विज्ञप्तिप्रति सभामुखको सचिवालयको आपत्ति
काठमाडौँ । सभामुख देवराज घिमिरेको सचिवालयले जनमत पार्टीले सांसद गोमा लाभ (सापकोटा)को कारबाही सम्बन्धमा सभामुखले गरेको निर्णयउपर जारी गरेको विज्ञप्तिप्रति आपत्ति जनाएको छ ।
मंगलबार एक विज्ञप्ति जारी गर्दै सभामुखको सचिवालयले सभामुखले गरेको निर्णयप्रति असहमति राख्दै जनमतले जारी गरिएको विज्ञप्तिमा प्रयोग भएका शब्द र भाषा अत्यन्तै निन्दनीय, मिथ्या र भ्रमणपूर्ण रहेको उल्लेख गरेको छ ।
सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘संसदीय कार्यहरू संविधान, कानुन, संसद् नियमावली र अभ्यास बमोजिम सञ्चालन हुन्छन्; सभामुखले गरेका निर्णय पनि त्यसबाहिर छैनन् भन्ने स्पष्ट पार्न चाहन्छु । जनमत पार्टीलाई ‘माननीय सापकोटा सम्माननीय सभामुखको नातेदार भएको’ भन्ने आरोप पुष्टि गर्न चुनौती दिन चाहन्छु । सभामुखले आफू निर्वाचित भएकै दिन संसद्को निष्पक्ष सञ्चालनका लागि राजनीतिक दलका सबै आबद्धता त्याग गर्नुभएको स्मरण गराउँदै सबै राजनीतिक दल र माननीय सदस्यहरूप्रति समान व्यवहार प्रदर्शन गर्नुभएकोमा कुनै शंका छैन ।’
जनमतले विज्ञप्तिमा जनाएअनुसार ‘सभामुखले संसदमा कुनै भाषा, भेषभूषाको प्रयोग सम्बन्धमा भेदभाव गरेको, विभेद गरेको, प्रस्ताव तथा समय प्रदान गर्दा संसदमा विभेद गरेको’ जस्ता आरोप अनर्गल, तथ्यहीन र काल्पनिक रहेको विज्ञप्तिमा भनिएको छ ।
एउटा राष्ट्रिय पार्टीले सभामुख, संसद् र संसद् सचिवालयप्रति प्रयोग गरेको भाषा र शब्द गैरजिम्मेवार र धम्कीपूर्ण रहेको विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘अतः माननीय गोमा लाभ (सापकोटा)को कारबाही सम्बन्धमा संवैधानिक÷कानुनी उपचारमा जाने विकल्प हुँदाहुँदै सभामुखमाथि लगाइएको गैरकानुनी, असभ्य र निराधार आरोपलाई फिर्ता लिन सम्बन्धित दललाई अपिल गर्दछु ।’
यसअघि संघीय संसद् सचिवालयले प्रतिनिधि सभा सदस्य गोमा लाभ (सापकोटा)का सम्बन्धमा जनमत पार्टीले जारी गरेको प्रेस विज्ञप्तिप्रति ध्यानाकर्षण भएको जनाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण