धरहरामा कति छन् निर्माण हुन बाँकी संरचना ?
काठमाडौँ । सरकारले धरहरा सञ्चालनमा ल्याए पनि अझै पूर्ण रूपमा निर्माण सम्पन्न भइसकेको छैन । धरहरा परिसरमा रहेको सुन्धारा, पुरानो धरहरा संरक्षणको काम अझै सुरु नभएको सहरी विकास मन्त्रालय कामु आयोजना निर्देशक प्रकाश अर्यालले बताए ।
‘अहिले सिङ्गो धरहरा निर्माण भए पनि धरहरा परिसरका संरचना पार्किङ, अर्थक्वीक म्युजियम, वाटर ट्रिटमेन्ट प्लान्ट, लाइट जडानका काम अझै सकिएका छैनन्,’ निर्देशक अर्यालले भने, ‘सुन्धारा निर्माण र पुरानो धरहरा संरक्षणको काम अहिलेसम्म सुरु हुन सकेको छैन ।’
पूर्ण रूपमा निर्माण सम्पन्न नहुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज ३ गते संविधान दिवसको अवसर पारेर धरहरा सञ्चालनमा ल्याए । तत्काल परीक्षणका रूपमा सर्वसाधारणका लागि धरहरा निःशुल्क चढ्न पाउने व्यवस्था गरेको थियो । तर यही मङ्सिर ६ गते बसेको मन्त्रिपरिषद्को बैठकले शुल्क लिएर धरहरा सञ्चालन गर्ने निर्णय गरेको थियो । सो निर्णयसँगै मङ्सिर ९ गतेदेखि धरहरा स–शुल्क सञ्चालनमा आएको छ । हाललाई धरहराको सवारी पार्किङमा शुल्क लिइएको छैन ।
बेसमेन्ट पार्किङ भेन्टिलेसन जडान सुधार गर्नुपर्ने
धरहरामा तीन तले बेसमेन्ट पार्किङ निर्माण गरिएको छ । जसमध्ये पहिलो तलामा मोटरसाइकल पार्किङका लागि मात्र खुला भएको छ । २०८० माघमा काठमाडौँ महानगरले न्युरोडको कालोपत्र सडकमा पार्किङ निषेध गरेपछि धरहराको बेसमेन्ट पार्किङ खुला गरिएको थियो । त्यसयता धरहराको बेसमेन्ट पार्किङमा सवारी पार्किङ हुँदै आएको छ ।
बाँकी दोस्रो र तेस्रो तला अझै निर्माणको काम सम्पन्न नभइसकेको निर्देशक अर्यालले बताए । ‘सिभिलवर्कस्को काम सकिइसकेको छ । भेन्टिलेसन सिस्टम जडानको काम भएको छ त्यसको प्रपर टेस्टिङ र एप्रुभल भएको छैन । किनभने हावा पर्याप्त मात्रामा पुग्नुपर्ने हुन्छ,’ निर्देशक अर्यालले भने, ‘भेन्टिलेसन सिस्टम पूर्ण रूपमा जडान सफल नभएसम्म हामीले पार्किङ सञ्चालन गर्न सक्दैनौँ ।’
_bOV1N71Kqw.jpg)
अर्यालका अनुसार जडान भइसकेको भेन्टिलेसन टेस्टिङका लागि भेन्टिलेसन जडान फेरि सुधार गर्नुपर्ने देखिएको छ । सुधार गर्नका लागि डेढ महिना समय लाग्ने र तीन वटै तला सञ्चालनमा ल्याउन करिब तीन महिना लाग्ने देखिएको छ ।
यसै गरी सरकारले पार्किङ शुल्क लिने निर्णय गरे पनि शुल्क उठाउन समिति गठन गर्ने भएकाले हाललाई शुल्क नलिएको उनले बताए । शुल्क लिने भएपछि पार्किङ गरेका सवारी साधनको चौबिसै घण्टा सुरक्षासहित शुल्क उठाउने जनशक्ति आवश्यक पर्ने उनको भनाइ छ ।
धरहरा परिसरमा संग्राहलय बनाउने तयारी भएको छ । यसको लागि अहिले बिल्डिङमा फिनिसिङको काम भइरहेको जनाइएको छ । त्यसको परिसर सुधारको काम पनि भइरहेको छ । यसैगरी वाटर ट्रिटमेन्ट प्लान्टहरू राख्न बाँकी छ धरहरामा लाइटिङ सिस्टम मिलाउने काम पनि बाँकी छ । यी सबै निर्माण गर्न ५ देखि ६ महिनासम्म लाग्ने देखिएको छ ।
सुन्धारा र पुरानो धरहरा संरक्षण हुन सकेन
सबैभन्दा महत्त्वपूर्ण संरचना २०७२ सालमा भत्किएर बाँकी रहेको धरहराको भाग संरक्षण गर्ने कार्य हुन सकेको छैन । यसैगरी अर्को महत्त्वपूर्ण संरचना सुन्धाराको पुनर्निर्माण हुन सकेको छैन ।
‘पहिला पुरानो धरहरालाई सिसाले छोपेर संरक्षण गर्ने भन्ने कुरा थियो । अब त्यसलाई केमिकल ट्रिटमेन्ट गरेर राख्न सकिन्छ भनेको हुँदा सिसाले छोपेर राख्ने कार्य अघि बढेन,’ निर्देशक अर्यालले भने, ‘यता सुन्धारामा पानीको आगमन बिन्दु र प्रस्थान पत्ता लगाउन नसक्दा सुन्धारा र पुरानो धरहरा संरक्षणको काम हुन सकेको छैन ।’
पुरानो धरहरा संरक्षणका लागि १ करोड र सुन्धारा पुनर्निर्माणका लागि २ करोड गरी कुल ३ करोड बजेट छुट्टाइएको छ । सो बजेटसहित यी दुवै संरचना निर्माणको जिम्मा विभागलाई दिने तयारी भइरहेको छ ।
सुनधारामा प्राकृतिक रूपमा पानी ल्याउन सकिन्छ कि भनेर गरेको प्रयास पनि अहिलेसम्म सफल हुन नसकेको उनले बताए । यसैगरी सुनधारामा आएको पानीलाई सहज निकास दिन पनि सकिने अवस्था नभएको अर्यालको भनाइ छ ।
‘पानी निकास हुने स्थान बन्द भएको छ । यो काम गर्न हामीले सकिरहेका छैनौँ,’ निर्देशक अर्यालले भने, ‘अहिले यो काम पुरातत्त्व विभागले गर्न चाहेको छ । विभागलाई जिम्मा दिने तयारीमा छौँ ।’ पुरातत्त्व विभागलाई काम गर्न बजेटसहित जिम्मा दिनलाई फाइल अर्थ मन्त्रालय पठाउने क्रममा रहेको अर्यालको भनाइ छ ।
अर्यालकाअनुसार पुरानो धरहरा संरक्षणका लागि १ करोड र सुन्धारा पुनर्निर्माणका लागि २ करोड गरी कुल ३ करोड बजेट छुट्टाइएको छ । सो बजेटसहित यी दुवै संरचना निर्माणको जिम्मा विभागलाई दिने तयारी भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण