क्याप्टेनको नाममा नेपाल एयरलाइन्सले निकाल्यो ३५ दिने सूचना
बुधबार, १९ मङ्सिर २०८१, ११ : २०
काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले क्याप्टेन रोशन केसीको नाममा ३५ दिने सूचना जारी गरेको छ ।
निगमले सम्झौताअनुसार काम नगरेको भन्दै तलब भत्ता, भ्रमण भत्ता लगायत शीर्षकमा बुझेको ब्याजसहित फिर्ता गर्न सूचना जारी गरेको हो ।
नियमले दिएको जानकारीअनुसार उनले सम्झौता पालना नगरेकाले बक्यौता असुल्ने निर्णय भएको हो । केसीले निगमकै खर्चमा तालिम लिएको, विभिन्न मुलुक भ्रमण गरेको, यसबापत भत्ता बुझेको, उक्त अवधिको तलब पनि बुझेको तर तालिमपछि काममा नफर्किएको निगमले जानकारी दियो ।
यसबारे पटक पटक लिखित तथा मौखिक जानकारी गराउँदासमेत उपस्थित नभएपछि सार्वजनिक सूचना जारी गरेको निगमले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : कोशीका पूर्व मुख्यमन्त्री थापामाथि हातपातदेखि देउवा र ओलीबिच ‘डीप लभ’सम्म
-
जङ्गली हात्ती बस्तीमा पसेपछि स्थानीय त्रसित
-
नेकपा एकीकृत समाजवादी लुम्बिनीको अधिवेशन फागुन २१ गते हुने
-
१० बजे १० समाचार : कविता बहसदेखि महिला विश्वकपमा नेपालको डेब्यूसम्म
-
६ महिनामा ३ लाख ९३ हजारले लिए श्रम स्वीकृति
-
कोशी प्रदेशका पूर्व मुख्यमन्त्री थापामाथि हातपात