सुनसरीमा प्रहरीले चलायो गोली
गाडीमा नक्कली सरकारी प्लेट राखेर तस्करी
बुधबार, १९ मङ्सिर २०८१, ११ : ४०

काठमाडौँ । सुनसरीको धरानमा गाँजा कारोबारीलाई पक्राउ गर्ने क्रममा गएराति प्रहरीले गोली चलाएको छ । सो क्रममा ६४१ केजी गाँजा बरामद गरिएको कोशी प्रदेशका डीआईजी चन्द्र कुवेर खापुङले रातोपाटीलाई बताए ।
धनकुटाबाट गाँजा लिएर आउँदै गरेको स्कोर्पियो सहित दुई वटा गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्राइभेट गाडीमा नक्कली सरकारी नम्बर प्लेट राखेर तस्करी गरेको भेटिएको डीआईजी खापुङले बताए ।
धनकुटाबाट ल्याएको सो गाँजा भारत लैजाने लागेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । गाँजा ओसारपसारमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । अर्का एक जना फरार रहेको प्रहरीको भनाइ छ । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाउनु परेपनि कुनै मानवीय क्षति भने नभएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी सांसद बर्नी स्यान्डर्सको आरोपः ‘यो युद्ध नेतन्याहूले सुरु गरेका हुन्’
-
इरान र इजरायलका नागरिकलाई फोनमा नक्कली आपत्कालीन सन्देशहरू प्राप्त
-
‘वर्षायाममा मेलम्चीको पानी काठमाडौँमा नियमित वितरण हुन्छ’
-
ट्रम्पले इजरायल–इरान तनाव घटाउने जी –७ प्रस्तावमा हस्ताक्षर नगर्ने
-
इजरायली आक्रमणमा इरानी राज्य टेलिभिजन निशानामा, सीपीजेद्वारा कडा निन्दा
-
तेहरानमा दुई इरानी लडाकु विमान ध्वस्त, इजरायलमाथि नयाँ क्षेप्यास्त्र हमला सुरु