मंसिर २२ देखि लेखनाथमा आदर्श कप फुटबल हुने
पोखरा । लेखनाथमा मंसिर २२ देखि २९ गतेसम्म आदर्श कप फुटबल प्रतियोगिता हुने भएको छ । आदर्श युवा क्लबको आयोजनामा २५ औँ संस्करणको प्रतियोगिता हुन लागेको हो । ६ वर्ष पछि हुन लागेको प्रतियोगिता यस अगाडि कोरोनाका कारण रोकिएको थियो ।
प्रतियोगिताको विजेताले नगद ४ लाख २५ हजार ५ सय २५ रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेतालाई नगद २ लाख २५ हजार ५ सय २५ रुपैयाँ, शिल्ड, मेडल तथा प्रमाणपत्र दिइने आयोजकले जनाएको छ ।
सर्वोत्कृष्ट हुने खेलाडीलाई नगद २५ हजार, ट्रफि, मेडल तथा प्रमाणपत्र, उत्कृष्ट प्लेमेकर, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट कोचलाई जनही नगद १५ हजार सहित ट्रफि, मेडल तथा प्रमाणपत्र प्रदान गरिने क्लवका अध्यक्ष पदम गुरुङले जानकारी दिए ।
प्रतियोगितामा आयोजक आदर्श युवा क्लब, कास्की –११, नेपाली सेनाको सिद्धिदल गण, नेपाल प्रहरी गण्डकी प्रदेश र सशस्त्र प्रहरी गण्डकी मुख्यालय, एन्फा तनहुँ, एन्फा गोरखा र एन्फा स्याङ्जा गरि ८ टिमको सहभागिता रहने उनले जानकारी दिए । प्रतियोगिताकोa उद्घाटन खेल आयोजक आदर्श क्लब र एन्फा तनहुँबिच हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साफ महिला च्याम्पियनसिपको उपाधि भारतलाई, ह्याट्रिक दाउमा रहको बंगलादेश स्तब्ध
-
रास्वपा रौतहटको नेतृत्व चयनका लागि जेठ २५ गते निर्वाचन, भोलि उम्मेदवारी दर्ता
-
फेवातालमा हुरीबतासः बोटिङ गरिरहेका १२ जनाको उद्धार
-
खनाल र जयशंकारबिच भेटवार्ताः कनेक्टिभिटी, ऊर्जा र आर्थिक रूपान्तरणमा प्रतिबद्धता
-
ट्युनिसियाको पोस्टमा बेल्जियमको गोल वर्षा
-
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण