त्रिविमा सह-परीक्षा नियन्त्रकको नियुक्तिप्रति राष्ट्रिय लोकतान्त्रिक प्राध्यापक सङ्घको आपत्ति

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले गरेको सह-परीक्षा नियन्त्रकको नियुक्ति समावेश नभएको भन्दै राष्ट्रिय लोकतान्त्रिक प्राध्यापक सङ्घले आपत्ति जनाएको छ । उपकुलपति प्राडा केशरजंग बराललाई ध्यानाकर्षण तथा अल्टिमेटम दिँदै सङ्घले आदिवासी, जनजाति, मधेसी, मुस्लिम, महिलाको हक अधिकार कुण्ठित हुने गरी नियुक्ति गरिएको जनाएको छ ।
आफ्नो अनुकूल व्यक्तिहरूको छनौट समिति बनाइएर दलीय रूपमा भागवण्डा अनुसार नियुक्ति गरिएको सङ्घको आरोप छ । अनैतिक रूपले प्राज्ञिक मूल्य एवं मान्यताको मानमर्दन हुने गरी कार्यविधिको भ्रम छरेर भित्र भित्रै गरिएको गैरकानुनी तथा असमावेशी नियुक्तिहरुलाई खारेज गर्न समेत माग गरे ।
नेपालको संविधान २०७२ ले अङ्गीकार गरेको समावेशी समानुपातिकको नीति अनुरूप सबै वर्ग, लिङ्ग, जाति तथा समुदायहरूको सम्मानजनक सहभागिता हुने गरी नियुक्ति प्रक्रिया अगाडि बढाउन भनेको छ । ४८ घण्टा भित्रमा सम्पूर्ण नियुक्ति प्रक्रिया अगाडि नबढाएको खण्डमा सङ्घर्षमा उत्रिने सङ्घले चेतावनी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आवासीय चिकित्सक र सरकारबिच सहमति, आन्दोलन फिर्ता
-
मकवानपुर महिला गोल्डकप : नव जनजागृतिलाई हराउँदै संकटा सेमिफाइनलमा
-
मध्यपूर्व एनआरएनएको नेतृत्वमा हेपिएको छ, यो पल्ट त्यस्तो नहोस् : आरके शर्मा
-
सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता आयोगको अध्यक्षमा तीन दलको ‘बार्गेनिङ’
-
किशोर-किशोरीको सुरक्षाका लागि टिकटकको ‘फ्यामिली पेयरिङ’
-
सिरहाबाट दुई थान भरुवा बन्दुक बरामद