त्रिविमा सह-परीक्षा नियन्त्रकको नियुक्तिप्रति राष्ट्रिय लोकतान्त्रिक प्राध्यापक सङ्घको आपत्ति
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले गरेको सह-परीक्षा नियन्त्रकको नियुक्ति समावेश नभएको भन्दै राष्ट्रिय लोकतान्त्रिक प्राध्यापक सङ्घले आपत्ति जनाएको छ । उपकुलपति प्राडा केशरजंग बराललाई ध्यानाकर्षण तथा अल्टिमेटम दिँदै सङ्घले आदिवासी, जनजाति, मधेसी, मुस्लिम, महिलाको हक अधिकार कुण्ठित हुने गरी नियुक्ति गरिएको जनाएको छ ।
आफ्नो अनुकूल व्यक्तिहरूको छनौट समिति बनाइएर दलीय रूपमा भागवण्डा अनुसार नियुक्ति गरिएको सङ्घको आरोप छ । अनैतिक रूपले प्राज्ञिक मूल्य एवं मान्यताको मानमर्दन हुने गरी कार्यविधिको भ्रम छरेर भित्र भित्रै गरिएको गैरकानुनी तथा असमावेशी नियुक्तिहरुलाई खारेज गर्न समेत माग गरे ।
नेपालको संविधान २०७२ ले अङ्गीकार गरेको समावेशी समानुपातिकको नीति अनुरूप सबै वर्ग, लिङ्ग, जाति तथा समुदायहरूको सम्मानजनक सहभागिता हुने गरी नियुक्ति प्रक्रिया अगाडि बढाउन भनेको छ । ४८ घण्टा भित्रमा सम्पूर्ण नियुक्ति प्रक्रिया अगाडि नबढाएको खण्डमा सङ्घर्षमा उत्रिने सङ्घले चेतावनी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण