गायिका लक्ष्मीले ल्याइन् 'हे गोरी'
बिहीबार, २० मङ्सिर २०८१, १९ : ३५
काठमाडौं । गायिका एवं कम्पोजर लक्ष्मी हमालले फिल्मी गीत 'हे गोरी' सार्वजनिक गरेकी छन् । केही समयअघि सोलो गीत 'राख तिम्रो मुटुभित्र' ल्याएकी उनले अहिले मौलिक शैलीको फिल्मी गीत 'हे गोरी' ल्याएकी हुन् ।
विराटनगरलगायत पूर्वी तराईका विविभिन्न ठाउँमा सुटिङ गरिएको म्युजिक भिडियोमा सुधिर श्रेष्ठ र मल्लिका राजोपाध्याय मुख्य फिचर्ड छन् भने विरोल एवं द्वन्द्वात्मक पार्टमा सुगत कारन्जित र जतिन ताम्राकार देखिएका छन् । म्युजिक भिडियोमा प्रसान्त तामाङको निर्देशन तथा कोरियोग्राफी र सांग्रीला क्रियशनको पोष्ट प्रोडक्सन रहेको छ ।
अडियोमा शब्द, संगीत र फिमेल भोकल लक्ष्मी आफ्नै रहेको छ भने मेल भोकल गायक हिमाल सागरले दिएका छन् । अकोष्टिक नेपालले रेकर्ड गरेको अडियोको एरेन्ज साहस शाक्यले गरेको छन् भने मिक्स एवं मास्टरिङ प्रकाश मिश्राले गरेका हुन् ।
म्युजिक भिडियो
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण