वाइडबडी भ्रष्टाचार मुद्दामा पूर्व पर्यटनमन्त्री शाहीले पाए सफाइ
काठमाडौँ । वाइडबडी खरिदको भ्रष्टाचार मुद्दामा तत्कालीन पर्यटन मन्त्री जीवनबहादुर शाहीले सफाइ पाएका छन्। उनी कर्णाली प्रदेशका सांसद पनि हुन्।
चार नेपालीमात्र दोषी ठहर भएपछि शाहीसहितले सफाइ पाएका हुन्। विशेष अदालतले विमान खरिदमा भएको भन्दै आंशिक ठहर गर्ने फैसला सुनाएको हो।
विशेष अदालतले सफाइ दिएपछि शाहीको निलम्बन फुकुवा भएको छ। तत्कालीन मुख्यमन्त्रीको रूपमा हेरिएका शाहीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएपछि उनी निलम्बनमा परेका थिए।
के हो प्रकरण ?
नेपाल वायुसेवा निगमले बजार विस्तारका लागि भन्दै दुइटा वाइडबडी विमान खरिद गर्ने निर्णय गरेको थियो । त्यसक्रममा निगमले अमेरिकाको एएआर इन्टरनेश्नल नामक कम्पनी छनोट गरेको थियो । एउटा कम्पनी छनोट भएकोमा पछि खरिद समझदारी (एमओयू) गर्ने क्रममा एएआरका साथै जर्मन एभिएसन क्यापिटल र हाइफ्लाई एरोज पोर्चुगल कम्पनी मिसिए ।
तीन वटा कम्पनीको कन्सोर्टियम बनाएर विमान खरिद(बिक्री सम्झौता भएको थियो । यी तीनवटै कम्पनीले आयरल्यान्डमा हाइफ्लाई एक्स नामक कम्पनी स्थापना गरे । निगमले विमान खरिदका लागि उसैसँग सम्झौता गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण